एमाले एक दिनको ‘भुल्को र लुटपाट’ को जमात होइन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र एमालेको आन्दोलन एक दिनको भुल्को नभएको बताएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ महाधिवेशनलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले आन्दोलनबाट खारिएर र माझिएर आएको भन्दै अराजकता एमालेका लागि सधैँ शत्रु हुने बताए ।
उनले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर एमाले र सरकारले काम गरिरहेको समेत बताए । ‘सामाजिक सञ्जाल र डिजिटल माध्यम प्रयोग गरेर देशको भलो नचिताउने,शान्ति सुरक्षा नचाहने र विकासको गतिलाई तीव्र अघि बढाउन नचाहने अराजकतावादी र प्रतिगामी तत्त्वहरू हामी विरुद्ध आउने कोशिस गरिरहेका छन्’, ओलीले भने, ‘हामी त्यसलाई बुझेर जुध्नुपर्दछ । हाम्रो जुधाई कम भएको छ । राम्रो काम गरे पनि विपक्षीहरूका अभियोगविरुद्ध पर्याप्त जुधाई छैन, जसका कारण जनतामा भ्रम अन्योल र शिथिलता बढ्ने खतरा छ ।’
उनले एमाले पार्टी र आन्दोलन एक दिनको भुल्को नभएको पनि बताए । ‘एमाले र एमाले आन्दोलन एक दिनको भुल्को होइन । कुनै एउटा चटके कुरा गर्दिएर हाहा..हु.. गर्ने जमात होइन । हजार रुपैयाँ गोजीमा हाल्दिएर ल्याएको जमात वा लुटपाट गरेर हिँडेको जमात पनि होइन’, ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सशक्त ढङ्गले अघि बढेमा मिसन ८४ मा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण