सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

गभर्नरमा रस्साकस्सी : ओली र देउवाबिच भेटवार्ता हुँदै

सोमबार, ०५ जेठ २०८२, १७ : ३०
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता हुने भएको छ।
  • भेटवार्ता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा केन्द्रित रहने बताइएको छ।
  • कांग्रेस र एमालेबीच डा. विश्व पौडेललाई गभर्नर बनाउने सहमति भए पनि सिफारिस समिति बैठक बस्न सकेको छैन।

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ  ।  सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबिच भेटवार्ता हुन लागेको हो । 

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे अन्तिम छलफलका लागि देउवा र ओलीबिच भेट हुन लागेको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले जानकारी दिए । 

 गभर्नर नियुक्तिका लागि एमाले र कांग्रेसबिच रस्साकस्सी चलिरहेका बेला हुन लागेको ओली र देउवाबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा. विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोत बताउँछ । तर हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन । 

समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले  एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ । 

अपडेट : मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर स्थागित भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप