मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने

सोमबार, ०५ जेठ २०८२, २२ : ०३
सोमबार, ०५ जेठ २०८२

काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुन’ आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सोमबार चलचित्रको कथा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो । 

पोस्टरमा एक जना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका देखाइएको छ । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । व्यक्तिको छेउमा छायाँमा ठुलो घरजस्तो देखिन्छ ।

आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथामा बनेको चलचित्र हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । न्यौपानेको यो डेव्यु निर्देशन हो ।

काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा छायाङ्कन भएको चलचित्रको मूख्य भूमिकामा विजय बराल छन् । चलचित्रमा अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको पनि अभिनय छ ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सीआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।

कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेको फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप