चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने
काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुन’ आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सोमबार चलचित्रको कथा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो ।
पोस्टरमा एक जना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका देखाइएको छ । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । व्यक्तिको छेउमा छायाँमा ठुलो घरजस्तो देखिन्छ ।
आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथामा बनेको चलचित्र हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । न्यौपानेको यो डेव्यु निर्देशन हो ।
काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा छायाङ्कन भएको चलचित्रको मूख्य भूमिकामा विजय बराल छन् । चलचित्रमा अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको पनि अभिनय छ ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सीआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।
कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेको फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
-
सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई
-
बालकले चलाएको ट्रकले ८ भिक्षुको मृत्यु
-
राष्ट्रियसभामा ९ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
-
राष्ट्रियसभामा भाडा समायोजनदेखि सीमा समस्यासम्मका विषयमा सरकारको ध्यानाकर्षण
-
‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण