मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय
गभर्नर नियुक्ति

अर्थमन्त्रीले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक

मङ्गलबार, ०६ जेठ २०८२, १३ : ५२
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • गभर्नर छनोट सिफारिस समितिको बैठक बोलाइएको छ। अर्थमन्त्री विष्णु पौडेलले बैठक बोलाएका हुन्।
  • समितिले तीन जनाको नाम सिफारिस गर्नेछ, जसमध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्तापछि अर्थमन्त्रीले बैठक बोलाएका हुन्।

काठमाडौँ । गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान भएको छ । समितिको संयोजक समेत रहेको अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो । 

गत चैत ११ गते गठन भई दुई पटकसम्म पुनर्गठन भएको समितिका सदस्यमा पूर्व गभर्नरबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट पोषराज पाण्डे सदस्य छन् । 

समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । जसमध्ये आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गर्नेछ । शीर्ष प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि पौडेलले बैठक बोलाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप