गभर्नर नियुक्ति
अर्थमन्त्रीले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक
मङ्गलबार, ०६ जेठ २०८२, १३ : ५२
१
सारांश
- गभर्नर छनोट सिफारिस समितिको बैठक बोलाइएको छ। अर्थमन्त्री विष्णु पौडेलले बैठक बोलाएका हुन्।
- समितिले तीन जनाको नाम सिफारिस गर्नेछ, जसमध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ।
- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्तापछि अर्थमन्त्रीले बैठक बोलाएका हुन्।
काठमाडौँ । गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान भएको छ । समितिको संयोजक समेत रहेको अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो ।
गत चैत ११ गते गठन भई दुई पटकसम्म पुनर्गठन भएको समितिका सदस्यमा पूर्व गभर्नरबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट पोषराज पाण्डे सदस्य छन् ।
समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । जसमध्ये आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गर्नेछ । शीर्ष प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि पौडेलले बैठक बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण