मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय
भूकम्प

अपडेट : कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

मङ्गलबार, ०६ जेठ २०८२, १४ : २२
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भयो।
  • भूकम्पको धक्का कास्की, तनहुँ, बागलुङ र पर्वत जिल्लामा महसुस गरिएको थियो।
  • यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

काठमाडौँ । मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो।  

भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ । 

यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप