बागमती प्रदेशसभा : समितिमा विचाराधीन ४ विधेयकका प्रतिवेदन पेस
हेटौँडा । बागमती प्रदेशसभामा संसदीय समितिमा विचाराधीन ४ विधेयकका प्रतिवेदन पेस भएका छन् । मंगलबार बिहान ११ बजेदेखि बसेको बैठकमा संसद्को हिउँदे अधिवेशनमा पेस भएका ४ वटा संशोधन विधेयकको प्रतिवेदनहरू पेस भएका हुन् ।
बैठकमा संसदीय समितिले दफावार छलफल पछि संशोधन प्रस्ताव पारित गरी तयार गरेको विधेयकका प्रतिवेदन पेस भएको हो । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेका हुन् ।
त्यस्तै उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेका हुन् ।
बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका छन् भने मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
त्यसअघि प्रदेशसभाको बैठक विशेष समयको कार्यसूची रहेको थियो । विशेष समयमा सांसदहरूले प्रदेश सरकारको कामकाज र विकास निर्माणको विषयमा धारणा राखेका थिए ।
उनीहरुले सरकार जिम्मेवार गम्भीर बन्न नसकेको बताएका थिए । सरकारले बजेट विनियोजनलाई सन्तुलित बनाएर समानुपातिक विकासमा जोड दिनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण