प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको प्रगति, न्यूक्यासल र चेल्सीलाई पछि पार्यो
बुधबार, ०७ जेठ २०८२, ०६ : ११
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले प्रगति गरेको छ । मंगलबार राती भएको खेलमा बर्नमथमाथि ३-२ को जित निकाल्दै म्यान्चेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ ।
यसअघि न्यूक्यासल युनाइटेड र चेल्सी भन्दापछि रहेको म्यान्सिटीले एक खेल बाँकी हुँदा ६८ अंक जोडेको छ । चौथो स्थानमा रहेको न्यूक्यासलको ६६ अंक छ । म्यान्सिटी भन्दा अघि रहेको आर्सनलको ७१ अंक छ भने लिगको उपाधि शीर्ष स्थानमा रहेको लिभरपुलले जितिसकेको छ ।
मंगलबार राती भएको अर्को खेलमा क्रिष्टल प्यालेसले उल्भ्सलाई ४-२ गोल अन्तरले हरायो । यो जितले प्यालेसलाई ऋणात्मक अवस्थाबाट मुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण