बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको प्रगति, न्यूक्यासल र चेल्सीलाई पछि पार्‍यो

बुधबार, ०७ जेठ २०८२, ०६ : ११
बुधबार, ०७ जेठ २०८२

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले प्रगति गरेको छ । मंगलबार राती भएको खेलमा बर्नमथमाथि ३-२ को जित निकाल्दै म्यान्चेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । 

यसअघि न्यूक्यासल युनाइटेड र चेल्सी भन्दापछि रहेको म्यान्सिटीले एक खेल बाँकी हुँदा ६८ अंक जोडेको छ । चौथो स्थानमा रहेको न्यूक्यासलको ६६ अंक छ । म्यान्सिटी भन्दा अघि रहेको आर्सनलको ७१ अंक छ भने लिगको उपाधि शीर्ष स्थानमा रहेको लिभरपुलले जितिसकेको छ । 

मंगलबार राती भएको अर्को खेलमा क्रिष्टल प्यालेसले उल्भ्सलाई ४-२ गोल अन्तरले हरायो । यो जितले प्यालेसलाई ऋणात्मक अवस्थाबाट मुक्त गरेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप