महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल

आज विक्रम संवत २०८२ साल जेष्ठ ९ गते, शुक्रबार । ईश्वी सन् २०२५ मे २३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ कृष्णपक्ष । तिथि–एकादशी, ३३ घडी ३४ पला, बेलुकी ६ बजेर ३९ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–उत्तराभाद्रपदा, १८ घडी ३६ पला, दिउँसो १२ बजेर २७ मिनेट उप्रान्त रेवती । योग– प्रिती, २६ घडी २० पला, दिउँसो ३ बजेर ४५ मिनेट आयुष्मान । करण–बव, बिहान ७ बजेर ४६ मिनेट उप्रान्त बालव, बेलुकी ६ बजेर ३९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मीन ।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४९ मिनेट । दिनमान ३४ घडी ० पला ।
आजको बार बेला
- बिहान ५ बजेर १३ मिनेटसम्म चर बेला ।
- बिहान ५ बजेर १४ मिनेटदेखि बिहान ६ बजेर ५५ मिनेटसम्म लाभ बेला ।
- बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म अमृत बेला ।
- बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म शुभ बेला ।
- मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म रोग बेला ।
- दिउँसो १ बजेर ४४ मिनेटदेखी दिउँसो ३ बजेर २५ मिनेटसम्म उद्धेग बेला ।
- दिउँसो ३ बजेर २६ मिनेटदेखि बेलुकी ५ बजेर ७ मिनेटसम्म चर बेला ।
- बेलुकी ५ बजेर ८ मिनेटदेखि बेलुकी ८ बजेर ७ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर १९ मिनेटदेखि दिउँसो १२ बजेर १ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहुर्त
बिहान ३ बजेर ३७ मिनेटदेखि बिहान ४ बजेर २५ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन्, ध्यान दिनुहोला । पढाइ लेखाइमा मन जाने छैन भने वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथिसँग मनमुटाव बढ्ने योग रहेकोछ । र, पनि लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा अर्थ संग्रह गर्न सकिने तथा आर्थिक अवस्था राम्रो रहने हुँदा व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाको समर्थनमा राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको थालनी हुने तथा नोकरीमा पदोन्नती हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतित हुनेछ । बौद्धिकताकोा प्रयोगले सफलताको शुत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने तथा विलाशी बस्तु हात लागि हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनेतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरी हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सामान्य कुरामा पनि मनमुटाव बढ्ने योग रहेकोछ । स्थाई सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्ययम रहेकोछ । प्रेममा नचाहादै नचाहादै टाडिनु पर्दा मन खिन्न हुनेछ । र, पनि काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा तय हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पों) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वतः ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्रपंतिमा तपाईंको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईंकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेकोछ । बैक तथा वित्तीय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन अध्यापनमा अलिक बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी सुख सुविधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम विग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसके जस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) महत्वकांक्षी योजनाहरु सार्वजनिक गरेर आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठीक भएर जानेछ । दाजुसभाई तथा बन्धुबान्धवको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई मीठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुका लागि नाम तथा दाम दुवै कमाउने ग्रहयोग छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । असजिलो परिस्थितीलाई बुद्धिमतापूर्वक सहजतामा ढाल्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति कर्मीहरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । विद्यार्थी वर्गका लागि मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा विलाशीताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि विछोड भएका मित्रसँग भेट हुनाले दिन रमाइलो गरी विताउन सकिनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डले गर्यो हिमस्टार ऊर्जा कम्पनीको आईपीओ स्वीकृति
-
विद्युतको नियमित आपूर्ति र ग्राहकको गुनासो सम्बोधन गर्ने अभियान कोशीबाट थालेका छौँ : हितेन्द्रदेव शाक्य
-
एक प्रतिशत निर्माण बाँकी रहेकै अवस्थामा अल्झियो कर्णाली रङ्गशाला
-
गृहमन्त्री र गृहसचिवलाई कारबाही माग गर्दै युवराज सफलले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
-
हुलाकी राजमार्गमा बिस्कुन सुकाउन पाउने !
-
६ सदस्यीय टेनिस टोली श्रीलंका जाने