गायिका लक्ष्मी आचार्यले ल्याइन् ‘नौली हदेली’
काठमाडौँ । सुदूरपश्चिकी चर्चित गायिका लक्ष्मी आचार्यले नयाँ गीत ‘नौली हदेली’ ल्याएकी छन् । उनको यो यो गीत पनि देउडा फ्युजनमै रहेको छ । यसअघि उनले ल्याएको देउडा फ्युजन गीत ‘भन साली’ दर्शकले अत्यधिक रुचाएका थिए ।
यसको अलवा उनले ल्याएको ‘ओ मेरी भाउजु’, ‘लाई हेल कालो टिको’, ‘जोई प्यारी जारीकी’, ‘रतन चढी इजु’ लगायत गीत पनि सुपरहिट भएको थियो ।टिपिकल गीतबाट राष्ट्रिय परिचय समेत बन्न गाह्रो भएको समयमा अन्तर्राष्ट्रिय चर्चाका लागि आफूले देउडा फ्युजनमा बनाएको ने गायिका आचार्य बताउँछिन् ।
‘हिजोको दिनमा देउडा नसुन्ने पूर्वमा पनि फ्युजनमा कारणले सुन्न थालेका छन्’, गायिका आचार्य भन्छिन् ‘देउडा गीत, लय सबैमाझ पुर्याउने हिसाबले फ्युजन थालेकी हुँ ।’ विदेशमा समेत चर्चा कमाउन सफल उनी टिपिकल गीतबाट अन्तर्राष्ट्रिय पहुँच बनाउन कठिन हुने बताइन् ।
विगत १४ वर्षदेखि गायनमा सक्रिय उनले ‘नौली हदेली’ गीत नेपाल आइडलबाट चिनिएका गायक प्रदाप दाशसँगको सहकार्यमा गाएकी छन् । गायक प्रतापको देउडा गीत यो नै पहिलो हो । देउडा सुदूरपश्चिमको निकै मिठो र राम्रो कल्चर भएको कारण गाउन पाएकोमा दाश एकदमै खुसी छन् ।
पहिलो पटक देउडा गाए पनि प्रतापले गीतलाई भने न्याय गरेका छन् ।‘म सुदूरपश्चिममा कार्यक्रम गइरहन्थेँ र देउडा गीत अहिलेसम्म गाएको थिइन’, दाशले भने ‘यो गीतले मलाई सुदूरपश्चिमसँग झन् नजिक गराएको छ ।’
‘नौली हदेली’ गीतमा माया प्रेममा रहेका साली भिनाको कथा समेटिएको छ । विवाह गर्छु भनेर बचन दिएर अर्कोसँग सम्बन्ध बनाउने भिनालाई केही वर्षपछि भेट हुँदा साली गर्ने प्रश्न र भिनाले दिने जवाफ गीतमा छ ।
गीतको शब्द तथा सङ्गीत गायिका आचार्यकै हो, भने एरेन्ज देवेश राईले गरेका हुन् । गीतको भिडियोमा अभिषेक खड्का र मिस पविको अभिनय छ । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।
गीत गायिका आचार्यले आफ्नै अफिसियल युट्युब च्यानल लक्ष्मी आचार्यबाट ल्याएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा ९ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
-
राष्ट्रियसभामा भाडा समायोजनदेखि सीमा समस्यासम्मका विषयमा सरकारको ध्यानाकर्षण
-
‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा
-
कर्णालीमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्यको खोजीकार्य जारी
-
प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा
-
साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण