जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
जापान । जापानमा बसोबास गर्ने नेपाली समुदायबीच एकता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित 'सातौं SBI Remit UFN रनिङ कप फुटबल प्रतियोगिता' भव्य रूपमा सम्पन्न भएको छ।
इबाराकीको तामादोस्थित शालोम स्पोर्ट्स सेन्टरमा जुन २८ मा सम्पन्न यस प्रतियोगिताको उपाधि ओइजुमी एफसीले जितेको छ भने मर्करी एफसी उपविजेता बनेको छ।
युनाइटेड फुटबल नेपालद्वारा आयोजित यस प्रतियोगितामा ३२ खुल्ला र ८ भेट्रान गरी कुल ४० टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा कुल १० लाख २० हजार येन बराबरको नगद पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा SBI Remit का प्रेसिडेन्ट एन्डो नोबुओ र सेल्स डिपार्ट प्रमुख कोनो योशियुकीले नेपाली समुदायको खेलप्रतिको समर्पणको प्रशंसा गरे ।
SBI Remit का दक्षिण एसिया क्षेत्रका प्रमुख तीर्थ कार्कीले कम्पनीले रेमिटेन्स सेवासँगै नेपाली समुदायको सामाजिक र खेलकुद विकासमा सधैं हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, प्रतियोगिताका उत्कृष्ट १० खेलाडीलाई आगामी अगस्टमा आयोजना हुने 'मिनी एसिया सकर टूर्नामेन्ट' मा कम्पनीले प्रायोजन गरी सहभागी गराउने घोषणा समेत गरेको छ।
UFN का अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। कार्यक्रममा एभरेष्ट इन्टरनेशनल, एनआरएनए तोचिगी र एनजेएफएको समेत महत्वपूर्ण सहयोग रहेको थियो। सानो शुल्क र उच्च विनिमय दरका लागि चिनिएको SBI Remit ले जापानमा रहेका नेपालीहरूका लागि यस्ता सामुदायिक गतिविधिमा निरन्तर सहयोग गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
नियमावली र नीति स्वीकृतदेखि विभिन्न नियुक्तिसम्म : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण