एक सयको हिसाब नमिल्दा क्याम्पस प्रमुखमाथि आक्रमण
सारांश
- मेचीनगर-१३ चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसका प्रमुखमाथि आक्रमण गर्ने शिक्षक गोपाल प्याकुरेललाई क्याम्पस व्यवस्थापन समितिले निष्कासन गरेको छ।
- ओभर टाइमको विषयमा विवाद हुँदा शिक्षक प्याकुरेलले क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईमाथि कुटपिट गरेका थिए, जसका कारण उनलाई निष्कासन गरिएको हो।
- प्रहरीमा उजुरी दिन खोज्दा क्याम्पसको गरिमालाई ख्याल गर्दै शिक्षक र प्रमुखबीच मिलापत्र गराइएको थियो।
झापा । झापा मेचीनगर–१३ चारआलीमा त्रिदेव बहुमुखी क्याम्पस प्रमुखमाथि साङ्घातिक आक्रमण गर्ने शिक्षकलाई क्याम्पस व्यवस्थापन समितिले निष्कासन गरेको छ ।
क्याम्पसमा ओभर टाइम पठनपाठन गरेको विषयमा एक सय रुपैयाँ हिसाब हिसाब नमिलेपछि क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईमाथि शिक्षक गोपाल प्याकुरेलले आक्रमण गरेका थिए । उनलाई व्यवस्थापन समितिले क्याम्पसबाट निष्कासन गरेको जनाइएको छ ।
शिक्षक प्याकुरेल मावि कक्षाको नेपाली शिक्षक हुन् । शिक्षक प्याकुरेलले माफी पाउने गरि कर्तव्य नगरेको ठहर गर्दै व्यवस्थापन समितिले कार्वाहीस्वरुप निष्कासन गरेको छलफलमा सहभागीले जानकारी दिए ।
शिक्षक प्याकुरेलले क्याम्पस प्रमुखमाथि कुटपिट भुलवश भएको स्वीकार गर्दै आगामी दिनमा नदोहोर्याउने उल्लेखित अनुरोध पत्र सञ्चालक समितिलाई पेस गरेका थिए ।
समितिले क्याम्पसको गरिमालाई बिग्रिन नदिन कुटपिट घटनाले आफ्नो पद र ओहोदामाथि आक्रमण भएको भन्दै प्रमुख भट्टराईले प्रहरी प्रशासनमा जाने समितिलाई जानकारी गराएका थिए । प्रहरीकोमा जाँदा क्याम्पसको गरिमालाई बिग्रने भएकाले त्यसो नगर्न आग्रह गर्दै शिक्षक प्याकुरेल र प्रमुख भट्टराईबिच मिलापत्र गराएका थिए ।
कसरी भयो घटना ?
गत जेठ ७ गतेभन्दा अघिल्लो दिनमा क्याम्पसमा ओभर टाइम कक्षा लिएको दाबी गर्दै शिक्षक प्याकुरेलले क्याम्पस प्रमुखसँग भनाभन गरेका थिए । श्रोतका अनुसार शिक्षक प्याकुरेलले कक्षा लिएकै हो भनी दाबी गरेको थिए।
ओभरटाइम कक्षा लिएको निर्क्योल गर्न सोही दिनको सीसी क्यामरा हेर्न क्याम्पस प्रमुखले आग्रह गरेका थिए । प्रमुखको उक्त आग्रह लगत्तै शिक्षक प्याकुरेलले बैठक कक्षमै आक्रमण शैलीमा आफू बसेको कुर्सी उठाउँदै प्रमुखलाई हातपात गर्दै कुटेका थिए ।
उक्त घटना भएपछि अन्य शिक्षकहरूले छुट्याउने प्रयास गरेका थिए । छुट्याउन प्रयास गरेपछि पनि शिक्षक प्याकुरेलले प्रमुखलाई कुर्सी प्रहार गरेका थिए । आफूमाथि गरेको अभद्र र आक्रमणको घटनाको विषयमा क्याम्पस प्रमुख पीडित भएको भन्दै केही शिक्षकले स्थानीय प्रहरीकहाँ निवेदन दिन प्रयास गरेका थिए । तर, क्याम्पस प्रशासन र शिक्षक प्याकुरेलले छलफलको माध्यमबाट समाधान खोज्ने भन्दै घटना ढाकछोप गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण