आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ललितपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

शनिबार, १० जेठ २०८२, २१ : २०
शनिबार, १० जेठ २०८२

सारांश

  • ललितपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते।
  • एकान्तकुना-खरिबोट खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु।
  • घाइतेहरुको उपचार जारी, बस चालक प्रहरी नियन्त्रणमा, घटनाको अनुसन्धान भइरहेको छ।

काठमाडौँ । ललितपुरमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

ललितपुर महानगरपालिका–४ स्थित एकान्तकुना–खरिबोट खण्डमा बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौँको नैकाप बस्ने गोरखाका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको अल्का अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको उनले बताए । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार नम्रता लामिछाने र निजका छोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जोशीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप