कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

वि.सं.२०८२ साल ज्येष्ठ ११ गते । आइतबार । ईश्वी सन् २०२५ मे २५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । ज्येष्ठ कृष्णपक्ष । तिथि–त्रयोदशी, २१ घडी ३३ पला, दिउसो १ बजेर ४९ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–अश्विनी, १० घडी ३० पला, बिहान ९ बजेर २५ मिनेट उप्रान्त भरुणी ।
योग–सौभाग्य, ११ घडी १९ पला, बिहान ९ बजेर ४४ मिनेट उप्रान्त शोभन । करण–वणिज, दिउसो १ बजेर ४९ मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर ३५ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मेष ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ४ पला ।
आजको बार बेला
बिहान ५ बजेर १२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ५ बजेर १४ मिनेटदेखि बिहान ६ बजेर ५५ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर ४३ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखि दिउसो ३ बजेर २६ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर २६ मिनेटदेखि बेलुकी ५ बजेर ८ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ५ बजेर ८ मिनेटदेखि बेलुकी ८ बजेर ८ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बेलुकी ५ बजेर ७ मिनेटदेखि बेलुकी ६ बजेर ५० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ३६ मिनेटदेखि बिहान ४ बजेर २४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपाईँको व्यक्तित्व देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी दिन प्रभावकारी रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारहरू बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । खानपान तथा घुमफिरमा समय व्यातित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेको छ । समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार वा शेयर बजारमा उल्लेख्य वृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । तरपनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) छोटो दुरीको अफिसियल यात्राको योग रहेको छ । प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । नयाँ काम पाउने वा नोकरीमा बढुवा तथा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । निर्माण सामाग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्ध थप बलियो हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । ऋण, रोग र शत्रुबाट छुटकारा पाइनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । शेयर बजारमा नाफा कमाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कुनैपनि कामको नतिजा तुरुन्तै खोज्दा अन्य कामहरू पनि प्रभावित हुनेछन् । व्यवसायमा लगानी गर्दा तत्काल कुनै फाईदा नदेखिए पनि पछिको लागि राम्रो रहनेछ । आर्थिक अवस्था कमजोर हुनेछ भने यही बेलामा रुपैयाँ पैसा माग्नेहरू आउनेछन् । राजनीति तथा सामाजिक काममा जनताको काम गर्दा गर्दै आलोचना गर्नेहरू सक्रिय हुनेछन् । परिवारमा आफन्त तथा जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।