प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सम्बन्धी सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका–२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट प्रदान गर्ने उद्देश्यले व्यवसायिक साझेदारी सम्झौता भएको छ।
सोमबार एक औपचारिक कार्यक्रमबीच होटलका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत र खाना तथा मनोरञ्जन सेवामा १० प्रतिशत छुट पाउने छन्।
पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा रहेको बाग्लुङमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको अवलोकनका लागि देश-विदेशबाट पर्यटकहरूको बाक्लो आवागमन हुने गरेको छ। बाग्लुङ कालिका मन्दिर, पञ्चकोट, शालिग्राम संग्रहालय लगायतका स्थानहरू यहाँका प्रमुख आकर्षण हुन्।
इला कम्फर्ट होटल एण्ड रिसोर्टले न्यानो, परिवारमैत्री वातावरण र गुणस्तरीय सेवा प्रदान गर्दै पर्यटकलाई आकर्षित गर्दै आएको छ। प्रभु बैंक र होटलबीचको यो साझेदारीले बाग्लुङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै बैंकका ग्राहकहरूलाई थप सुविधा दिने विश्वास व्यक्त गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित, बजेटका सिद्धान्त र प्राथमिकता पेस
-
गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौँ : ज्ञानेन्द्र शाही
-
राजस्व छलीमा संलग्न भनिएका न्युट्रास्युटीकलका अध्यक्ष झा पक्राउ
-
रोशनी शाही मृत्यु प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान
-
रास्वपा केन्द्रीय समिति बैठक : सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत
-
नेसपा संयोजकमा गंगानारायण श्रेष्ठ चुनिए, साेमबार माओवादी केन्द्रसँग एकता हुँदै