प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सम्बन्धी सम्झौता
पोखरा । प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका–२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट प्रदान गर्ने उद्देश्यले व्यवसायिक साझेदारी सम्झौता भएको छ।
सोमबार एक औपचारिक कार्यक्रमबीच होटलका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत र खाना तथा मनोरञ्जन सेवामा १० प्रतिशत छुट पाउने छन्।
पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा रहेको बाग्लुङमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको अवलोकनका लागि देश-विदेशबाट पर्यटकहरूको बाक्लो आवागमन हुने गरेको छ। बाग्लुङ कालिका मन्दिर, पञ्चकोट, शालिग्राम संग्रहालय लगायतका स्थानहरू यहाँका प्रमुख आकर्षण हुन्।
इला कम्फर्ट होटल एण्ड रिसोर्टले न्यानो, परिवारमैत्री वातावरण र गुणस्तरीय सेवा प्रदान गर्दै पर्यटकलाई आकर्षित गर्दै आएको छ। प्रभु बैंक र होटलबीचको यो साझेदारीले बाग्लुङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै बैंकका ग्राहकहरूलाई थप सुविधा दिने विश्वास व्यक्त गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण