सोमबार, १२ जेठ २०८२
ताजा लोकप्रिय

सोमबार कुन राशिका लागि शुभ ?

सोमबार, १२ जेठ २०८२, ०५ : ३५
सोमबार, १२ जेठ २०८२

वि.सं.२०८२ साल जेठ १२ गते । सोमबार । ईश्वी सन् २०२५ मे २६ तारिख । नेपाल संवत् ११४५ ।

सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ कृष्णपक्ष । तिथि–चतुर्दशी, १५ घडी २४ पला, बिहान ११ बजेर २२ मिनेट उप्रान्त औशी । नक्षत्र–भरुणी, ६ घडी ० पला, बिहान ७ बजेर ४४ मिनेट उप्रान्त कृतिका ।

योग शोभन, ३ घडी ३९ पला, बिहान ६ बजेर ४० मिनेट उप्रान्त अतिगण्ड । करण–शकुनि, बिहान ११ बजेर २२ मिनेट उप्रान्त चतुष्पद, बेलुकी २२ बजेर ९ मिनेट उप्रान्त नाग । आनन्दादिमा–चर योग । चन्द्रराशि–मेष, दिउसो १ बजेर २०  मिनेट उप्रान्त वृष ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ७ पला ।

आजको बार बेला ।  

  • बिहान ५ बजेर १२ मिनेटसम्म अमृत बेला ।
  • बिहान ५ बजेर १३ मिनेटदेखि बिहान ६ बजेर ५४ मिनेटसम्म काल बेला ।
  • बिहान ६ बजेर ५५  मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म शुभ बेला ।
  • बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म उद्वेग बेला ।
  • मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर ४४ मिनेटसम्म चर बेला ।
  • दिउसो १ बजेर ४५ मिनेटदेखि दिउसो ३ बजेर २६ मिनेटसम्म लाभ बेला ।
  • दिउसो ३  बजेर २७ मिनेटदेखि बेलुकी ५ बजेर ८ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ५ बजेर ९ मिनेटदेखि बेलुकी ८ बजेर ८ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

  • राहुकाल

बिहान ६ बजेर ५४ मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

  • ब्रहा मुहूर्त

बिहान ३ बजेर ३६ मिनेटदेखि बिहान ४ बजेर २४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहानको समय राम्रो रहेकोले अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्रपंक्तिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सेयर बजार तथा वित्तीय क्षेत्रमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला । कुटुम्ब तथा आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन तथा प्रतिस्पर्धामा तपाईँको नाम एक कदम अगाडी आउनेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समयानुकूल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृढ रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । अध्ययन वा कामको सवालमा यात्राको हुनेछ ।

  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिहानको समय राम्रो रहेकोले पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी गर्न सकिनेछ । कृषि औजार तथा कृषि क्षेत्रको व्यापारबाट नाफा कमाउन सकिनेछ । सेयर बजार, व्यापार तथा वैदेशिक क्षेत्रको कमाइमा बढोत्तरीको योग रहेको छ । प्रेम सम्बन्ध सुमधुर हुने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मध्यान्हबाट खानपानमा ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला ।

  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

घर परिवार तथा समाजमा तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार तथा सेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ भने आए आर्जनका स्रोतहरू फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरू खुसी हुनेछन् । नयाँ प्रेम प्रस्ताव आउनेछ ।

  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । उत्पादनमूलक क्षेत्रमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रसन्न हुनेछ ।

  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलतापूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेको छ ।

  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा अरू दिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।  मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ । जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । वित्तीय बजारमा आज गरिने लगानीबाट आम्दानी हुनेछ ।

  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईंको आलोचना गर्नेहरू बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन ग्रहयोग रहेको छ । बिहानको समय राम्रो रहेकोले शिक्षा क्षेत्रमा राम्रो प्रतिफल हात लागी हुनेछ । सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने योग रहेको छ ।

  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरि नाम कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । मन परेको मानिससँग यात्रा हुने तथा मिष्टान्न भोजन ग्रहण गर्दै समय व्यतीत हुनेछ । आफन्त तथा आमाको सहयोगले राम्रा काम गर्न सकिनेछ । साँझपख सामान्य स्वास्थ्य समस्या बढ्नाले अध्ययनमा बाधा हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।

  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । उद्योग वा सेयर बजारमा लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक दुई कदम अगाडि बढी अग्रगामी छलाङ मार्न सकिनेछ । व्यापार गर्ने सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरूसँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप