‘मिरमिरे’ मा भित्रिए दयाहाङ राई
सारांश
- अभिनेता दयाहाङ राई चलचित्र 'मिरमिरे' मा मुख्य भूमिकामा देखिने भएका छन्।
- यम शेर्पाको निर्देशन रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ।
- चलचित्र २०८२ मा रिलिज हुनेछ, जसमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहनेछन्।
काठमाडौँ । चलचित्र ‘मिरमिरे’ मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा देखिने भएका छन् । निर्माण युनिटले चलचित्रको मुख्य भूमिकामा उनलाई अनुबन्धित गरेको हो । चलचित्र यम शेर्पाले निर्देशन गर्न लागेका हुन् । ‘कथा अनुसार दयाहाङ चलचित्रमा फिट हुने देखेर हामीले लिएका हौँ’, निर्देशक शेर्पाले भने ।
शेर्पाका अनुसार चलचित्रका लागि अन्य कलाकार छनोट बाँकी छ । चलचित्रमा चलेकै कलाकार रहनेछन् । यार्सा फिल्मसको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ ।
चलचित्रको केही अगाडि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा भएको थियो । जसन पोस्टरमा एक महिला र एक पुरुष पात्र अटाएका छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उतै फर्किरहेको देखाइएको छ ।
निर्देशन शेर्पाकै स्टोरी रहेको चलचित्रमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहनेछन् । सहनिर्माता गोविन्द बोहरा र ईश्वर श्रेष्ठ रहेको चलचित्रको कार्यकारी निर्माता रोहित कट्टेल हुन् । ‘मिरमिरे’ लाई २०८२ मा रिलिज गरिने वितरक आरआर फिल्मसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण