लुम्बिनीमा प्रि–बजेट छलफल सुरु हुँदै
बुटवल । लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको दशौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।बैठकमा आर्थिक वर्ष २०८२-०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताहरू सम्बन्धी (प्रि–बजेट) छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
छलफल अन्तर्गत प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गर्न लागेको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमका आधारहरूबारे विचार विमर्श गरिनेछ ।
यस अघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीलेले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। प्रदेश सभाका सदस्यहरूले आजबाट उक्त प्रस्तावमाथि आ–आफ्ना सुझाव र धारणा राख्ने अवसर पाउनेछन् ।
प्रदेश सरकारले आगामी बजेटमा सामाजिक क्षेत्रको सुदृढीकरण, कृषि र पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, रोजगारी सृजना, शिक्षा तथा स्वास्थ्यमा लगानी, जलवायु परिवर्तनको सामना तथा समावेशी विकास जस्ता विषयलाई प्राथमिकता दिने तयारी गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
-
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण