संक्रमणकालीन संयन्त्रहरूले पीडित केन्द्रित भएर काम गर्नुपर्छ : अध्यक्ष मगर
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले संक्रमणकालीन संयन्त्रहरुले पीडित केन्द्रित भएर कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष मगरले सशस्त्र द्वन्द्वको समयमा भएका मानवअधिकार उलंघनका घटनाका पीडितहरुको न्याय र परिपूरण चिन्ताको विषय भएको भन्दै संक्रमणकालीन संयन्त्रहरुले पीडित केन्द्रीत भएर कार्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
घटनाका पीडितहरुको न्याय र परिपूरणका लािग राज्यका निकायहरुले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नेमा आयोग विश्वस्त रहेको उहाले बताए । अध्यक्ष मगरले पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजनाको फितलो कार्यान्वयनले मानवअधिकारको संरक्षण प्रभावकारी हुन नसेकाले आगामी योजना तर्जुमाको चरणदेखि नै सवै सरोकारवालाहरुलाइ सहभागी बनाएर अपनत्वको बिकास गराउन आवश्यक रहेको धारणा राखे ।
चालू आर्थिक बर्षको हालसम्म मानवअधिकार उलंघनसम्बन्धी ५८ वटा उजुरीहरु दर्ता भएको र यसअघिका समेत गरि चालू आर्थिक बर्षमा १६४ वटा उजुरीहरु फछ्यौट गरिएको आयोगले जनाएको छ । आयोगले गरेका सिफारिसहरुको कार्यान्वयन अवस्था भने न्यून रहेको अध्यक्ष मगरले बताए ।
उनले आयोगबाट अनुगमनको कार्यमा खटिने कर्मचारीका साथै मानवअधिकार रक्षकहरुउपर धम्की, दुव्र्यवहार र आक्रमण जस्ता घटना भइरहनु चिन्ताको बिषय भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण