बाजुरा जिप दुर्घटनाका घाइतेलाई नेपालगन्ज लगियो
बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेहरूलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ ।
जिप दुर्घटनामा बुढीनन्दा नगरपालिका - २ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवालाई कोल्टी अस्पतालबाट रेफर गरिएको हो । मंगलवार बिहान नेपाल टेलिकमको टावरमा ब्याट्री फेर्नका लागि ब्याट्री लिएर टेलिकम अत्तरियाको बा ५ च २२०९ नम्बर जिप त्यसतर्फ जाने क्रममा दुर्घटनामा नेपाल टेलिकमको उक्त जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा नेपाल टेलिकम बाजुरा कार्यालयका प्रमुख लोकबहादुर खड्का, कर्मचारीहरू बाजुराको ढम्कने टावरमा कार्यरत सुरक्षा गार्ड रवीन्द्र धामी र चालक कञ्चनपुरका करनसिंह महतराको घटनास्थलमै मृत्यु भएको बाजुराका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
-
माइतीघरमा छताछुल्ल न्यायका याचना : फरक कथा, एउटै व्यथा
-
नेपाल–डेनमार्क द्विपक्षीय संयन्त्रको तेस्रो बैठक सम्पन्न, सन् २०२७ मा कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठ मनाइने
-
सपना पूरा गर्न उमेर होइन, विश्वास चाहिन्छ। स्पेनलाई रोक्ने ४० वर्षीय ‘नायक’
-
‘फोहर व्यवस्थापनमा समस्या हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण