बाजुरा जिप दुर्घटनाका घाइतेलाई नेपालगन्ज लगियो

बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेहरूलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ ।
जिप दुर्घटनामा बुढीनन्दा नगरपालिका - २ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवालाई कोल्टी अस्पतालबाट रेफर गरिएको हो । मंगलवार बिहान नेपाल टेलिकमको टावरमा ब्याट्री फेर्नका लागि ब्याट्री लिएर टेलिकम अत्तरियाको बा ५ च २२०९ नम्बर जिप त्यसतर्फ जाने क्रममा दुर्घटनामा नेपाल टेलिकमको उक्त जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा नेपाल टेलिकम बाजुरा कार्यालयका प्रमुख लोकबहादुर खड्का, कर्मचारीहरू बाजुराको ढम्कने टावरमा कार्यरत सुरक्षा गार्ड रवीन्द्र धामी र चालक कञ्चनपुरका करनसिंह महतराको घटनास्थलमै मृत्यु भएको बाजुराका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल
-
पहिलो पटक च्याम्पियन बन्ने धुनमा रहेका बेंगलुरु र पन्जाब आपसमा भिड्दै
-
मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
-
किन बसेन नेकपाको केन्द्रीय समिति बैठक ?
-
गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग