सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

समस्याग्रस्त सहकारीसहित २१ कम्पनीलाई कर बुझाउन १५ दिने अल्टिमेटम

बुधबार, १४ जेठ २०८२, १० : ०४
बुधबार, १४ जेठ २०८२

काठमाडौँ । नियम अनुसारको कर नतिरेपछि मध्यस्तरीय करदाता कार्यालयले २१ वटा कम्पनीलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ । कार्यालय अन्तर्गत रहेका ती कम्पनीहरूलाई कर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क तिर्न बाँकी रहेको कर कार्यालयले जनाएको छ । तोकिएको समयभित्र कर नबुझाए कानुनअनुसार असुली प्रक्रिया अघि बढाउने कार्यालयले चेतावनी दिएको छ । 

यसरी कर नतिर्ने कम्पनीमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी, शिखरदीप बहुउद्देश्यीय सहकारीसमेत छन् । यी सहकारी संस्थाहरू अहिले समस्याग्रस्त घोषित भएका छन् । त्यस्तै, माउन्ट एभरेस्ट ब्रुअरी, सान्भी इन्टरनेशनल, विशाल सिमेन्ट, पोखराको सेलवेज डिपार्टमेन्टल स्टोर, गोरखा डिपार्टमेन्टल स्टोरलाई पनि कर बुझाउन आउन अल्टिमेटम दिइएको छ । 

त्यस्तै, डिभाइव ट्रिम नेटवर्क, मस्टा ग्रुप, दानीखोले इन्टरप्राइजेज, एड्भान्स केमिकल इन्डष्ट्रिज, भुसाल केवल एण्ड वायर इन्डष्ट्रिज, लोकेन्द्र इन्टरप्राइजेज,  स्वीकृति सप्लायर्स, टच ल्याम्प पावर इञ्जिनियरिङ, श्यामबाबा राइस एण्ड फ्लोर मिल, चजियाङ्ग हाइड्रोपावर कन्स्टक्सन एण्ड इञ्जिनियरिङ, बज्रयोगिनी हार्डवेयर, गुआंग्डोंग युवानियन रमन ज्वाइन्ट भेञ्चर, एसएनजी एग्रो, बज्रगुरु कन्स्ट्रक्सन समेत यो सूचीमा परेका छन् । 

बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा टेलिफोन सम्पर्क, ताकेता, सङ्कलन भ्रमण, छलफल तथा कार्यालयको अभिलेखमा भएको ठेगानामा विभिन्न मितिमा पत्राचार गरिएकोमा हालसम्म बक्यौता रकम दाखिला नभएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप