बाजुरामा भारत सरकारको सहयोगमा कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण सुरू
बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि आवश्यक कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण कार्यको शिलान्यास गरिएको छ ।
उक्त गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा निर्माणको शिलान्यास गरेका हुन् ।
शिलान्यास समारोहमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, समाजसेवीहरू र स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो ।
भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत ३।१४१ करोडको आर्थिक सहयोगमा उक्त भवन निर्माण हुन लागेको हो । वितरण डेस्क, रेकर्ड रुम तथा अन्य आवश्यक संरचनासहित यो कृषि प्रवद्र्धन केन्द्र अन्न भण्डारण तथा वितरणको केन्द्रको रूपमा विकास गरिने जनाइएको छ । परियोजना स्वामीकार्तिक खापर गाउँपालिकामार्फत कार्यान्वयन हुने पनि जनाइएको छ ।
गाउँपालिका अध्यक्षसहित राजनीतिक तथा सामुदायिक प्रतिनिधिहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगप्रति आभार व्यक्त गर्दै उक्त पूर्वाधारले हिमाली क्षेत्रका कृषकहरूलाई उत्पादन सङ्कलन र भण्डारणमा ठुलो सहायता पुग्ने विश्वास व्यक्त गरे । उनीहरूले नयाँ संरचनाले खाद्यान्न दीर्घकालीन भण्डारण गर्न सकिने भएकाले यसले खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।
सन् २००३ यता भारत सरकारले नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरिसकेको छ, जसमा ४९५ परियोजना सम्पन्न भइसकेका छन् । सुदूरपश्चिम प्रदेशमा मात्रै ४३ परियोजना सञ्चालन भइरहेका छन्, जसमा बाजुराका २ परियोजना पनि समावेश छन् ।
यस्तै, भारत सरकारले नेपालभरिका स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान गरेको छ। सुदूरपश्चिममा ७० एम्बुलेन्स र २७ स्कुल बस वितरण गरिएकोमा बाजुरामा ३ एम्बुलेन्स र १ स्कुल बस उपलब्ध गराइएको छ ।
नेपाल र भारतबिचको मैत्री सम्बन्धलाई थप मजबुत बनाउँदै आएका यस्ता परियोजनाहरूले नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रहरूमा पूर्वाधार विकासमा टेवा पुर्याउने र जनजीवनमा सकारात्मक प्रभाव पार्ने भारतीय दूतावासले विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन सङ्घीयता सुदृढीकरणमा कोसेढुङ्गा : मुख्यमन्त्री आचार्य
-
डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण