मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्र बैंकको सर्वेक्षण  : कोशीमा फस्टायो चिया र कफी

मङ्गलबार, ०२ असार २०८३, १७ : ४७
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोशी प्रदेशमा चिया र कफी खेतीको क्षेत्रफल ५.६ प्रतिशतले वृद्धि भई २० हजार १ सय ७६ हेक्टर पुगेको छ।
  • कोशी प्रदेशको कुल कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये चिया तथा कफी बालीले ढाकेको क्षेत्रफल २.० प्रतिशत रहेको छ।
  • भारतीय अवरोधका कारण कोशी प्रदेशको चिया निर्यात प्रभावित हुँदा ७० हजार मजदुर, १५ हजार किसान र उद्योगीहरू प्रभावित भएका छन्।

काठमाडौँ । नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोशी प्रदेशमा चिया र कफी खेती उत्पादन सकारात्मक देखिएको छ। 

आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा चिया र कफी खेतीले ओगटेको क्षेत्रफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले वृद्धि भई २० हजार १ सय ७६ हेक्टर पुगेको छ। प्रदेशको पहाडी जिल्लाहरूमा कफी खेतीतर्फ किसानहरूको आकर्षण बढेसँगै खेतीको क्षेत्रफलमा उल्लेख्य रूपमा विस्तार भएको हो।

यो अवधिमा कोशी प्रदेशको कुल कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये चिया तथा कफी बालीले ढाकेको क्षेत्रफल २.० प्रतिशत रहेको छ। चिया खेती गरिएको कुल क्षेत्रफलमध्ये झापा र इलाम जिल्लाको हिस्सा क्रमश : ५६ प्रतिशत र ३९ प्रतिशत रहेको छ भने कफी खेती गरिएको कुल क्षेत्रफलमध्ये धनकुटा र इलाम जिल्लाको हिस्सा क्रमश : ४५.३ प्रतिशत र २९.८ प्रतिशत छ। 

यस प्रदेशमा चिया र कफीको उत्पादनलाई अझ व्यवस्थित बनाउन तथा यसको मूल्य शृङ्खलामा थप टेवा पुर्‍याउन विभिन्न प्रयासहरू भइरहेका छन्। 

प्रदेश सरकारले स्थानीय सम्भाव्यता र बजारको आधारमा व्यावसायिक रूपमा चिया र कफीको उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण प्रवर्द्धन गर्न स्थानीय निकायहरूसँगको समन्वयमा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

कोशी प्रदेशमा चिया र कफी खेतीको विकासका लागि सम्भावनाहरू पनि उत्तिकै रहेका छन्। राष्ट्र बैंकले कोशीमा प्रदेशमा चिया र कफी खेतीको बारेमा सकारात्मक प्रतिवेदन निकालेपनि चिया निर्यातमा भारतीय अवरोधका कारण ७० हजार चिया क्षेत्रका मजदुर, १५ हजार किसान र उद्योगीहरू प्रभावित भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप