नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
सारांश
- नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशका जिल्ला कमिटी, प्रादेशिक विभाग र जनवर्गीय सङ्गठनहरूको कार्यविभाजन टुङ्गो लगाएको छ।
- पार्टी कामलाई व्यवस्थित बनाउन कोशी प्रदेशमा ८६ सदस्यीय प्रदेश कार्य संयोजन समिति गठन गरिएको छ।
- परिपत्र अनुसार प्रदेशका १३ जिल्लामा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजक तोकिएका छन् भने विभिन्न विभागहरूमा प्रमुख र उपप्रमुखको पनि टुङ्गो लागेको छ।
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेश अन्तर्गतका जिल्ला कमिटी, प्रादेशिक विभाग र जनवर्गीय सङ्गठनहरूको कार्यविभाजन टुङ्गो लगाएको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालको हस्ताक्षरमा जारी गरिएको आन्तरिक सङ्गठनको परिपत्र अनुसार नयाँ कार्यविभाजन गरिएको हो। पार्टी कामलाई व्यवस्थित र नियमित बनाउन कोशी प्रदेशमा ८६ सदस्यीय प्रदेश कार्य संयोजन समिति गठन गरिएको छ।
परिपत्र अनुसार प्रदेशका १३ जिल्लामा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजक तोकिएका छन्। जसअनुसार ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, पाँचथरमा सीता देवी थेवे, इलाममा खिनु लङ्वा लिम्बु, झापामा पुष्पराज पोखरेल र मोरङमा गणेश उप्रेती ‘सुशील’ इन्चार्ज तोकिएका छन्।
त्यसैगरी, सुनसरीमा सरस्वती पोखरेल, धनकुटामा धर्मराज पौडेल, तेह्रथुममा होमकुमारी खापुङ, संखुवासभामा उमेश डाँगी, भोजपुरमा नगेन्द्रबहादुर राई, खोटाङमा राजन राई, उदयपुरमा मणी खम्बु किराती र सोलुखुम्बुमा हेम कुमार राईलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।
जिल्लाहरूको संयोजकमा क्रमशः दुर्गा श्रेष्ठ (ताप्लेजुङ), मनोरथ चापागाईं (पाँचथर), विजय खम्बु (इलाम), खड्ग तिम्सिना (झापा), प्रेम मिभक लिम्बु (मोरङ), गोविन्द निरौला (सुनसरी), कुसुम कुमारी श्रेष्ठ (धनकुटा), वलिराज इङनाम (तेह्रथुम), टेकमान राई (संखुवासभा), शरण तामाङ (भोजपुर), दीपक पाण्डे (खोटाङ), विनोद खड्का (उदयपुर) र जाङ्वो दोर्जे शेर्पा (सोलुखुम्बु) रहेका छन्।
प्रदेश अन्तर्गतका प्रादेशिक विभागहरूको प्रमुख र उपप्रमुखको पनि टुङ्गो लागेको छ। अनुगमन तथा मूल्याङ्कन विभागको प्रमुखमा गीता तिम्सीना र उपप्रमुखमा खुम्बराज खत्री तोकिएका छन्।
यस्तै, अर्थ तथा योजना विभागमा जीवन आचार्य, कृषि तथा भूमि व्यवस्था विभागमा दिलकुमार राई, र प्रचार विभागमा विवेक गौतमलाई प्रमुखको जिम्मेवारी दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात विभागको नेतृत्व दुर्गाप्रसाद चापागाईंले र स्वास्थ्य तथा जनसंख्या विभागको नेतृत्व डा. विष्णुप्रसाद मिश्रले पाएका छन्।
पार्टी सम्बद्ध जनवर्गीय सङ्गठन र जातीय मोर्चाहरूमा समेत इन्चार्ज र सह–इन्चार्ज तोकिएको छ। अखिल नेपाल किसान महासङ्घको इन्चार्जमा झलक बहादुर मगर र सह–इन्चार्जमा पदम अधिकारी तोकिएका छन्। अखिल नेपाल महिला सङ्गठनको इन्चार्जमा रामकुमारी चौधरी, युवा सङ्गठनको इन्चार्जमा कुल प्रसाद साम्बा र विद्यार्थी सङ्गठनको इन्चार्जमा वसिम आलम चयन भएका छन्।
_YitCulC6Mv.jpg)
_znTflp2VUy.jpg)
_1aMmfCINQZ.jpg)
_eMg493F2cF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण