भेपमा थपियो स्वास्थ्य जोखिम कर, सुर्तीजन्य पदार्थमा कति बढ्यो भन्सार ?

काठमाडौँ । इलेक्ट्रिक चुरोट (भेप) मा स्वास्थ्य जोखिम कर थप गरिएको छ । यसअघि ४० प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा यसलाई यथावत राख्दै भेपमा स्वास्थ्य जोखिम कर थप गरिएको हो ।
अब विलासिता शुल्कबापत भन्सार विन्दुमा थप १० प्रतिशत शुल्क लाग्ने आर्थिक विधेयकमा व्यवस्था गरिएको छ । त्यस्तै, टिडेक टोबाकोमा भन्सार महसुलको लागि कायम भएको मूल्यमा १० प्रतिशत स्वास्थ्य जोखिम कर लाग्ने व्यवस्था गरिएको छ ।
फिल्टर नभएको चुरोटमा प्रतिएम भन्सार शुल्क ७५५ बाट ७७८ रुपैयाँ, फिल्टर भएको चुरोटमा ७० मिलिमिटरसम्मको चुरोचमा प्रतिएम १७४० रुपैयाँबाट बढाएर १७७८, ७० देखि ७५ मिलिमिटरसम्मकोमा २३७० रुपैयाँबाट बढाएर २४४१ रुपैयाँ, ७८ देखि ८५ मिलिमिटरसम्म ३०६० बाट ३२१३ रुपैयाँ तथा ८५ मिलिमिटर भन्दा लामोलाई ४२०० बाट ४४१० रुपैयाँ पुर्याइएको छ ।
त्यस्तै, भेपबाहेक अन्य दोहन नहुने खालका सुर्ती वा पुनसुर्तीजन्य पदार्थमा यसअघि प्रति किलोग्राम ५२० रुपैयाँ लाग्दै आएको शुल्क बढाएर मूल्यको ४० प्रतिशत कायम गरिएको छ ।
तर, ओरल प्रयोगका लागि वा छालाबाट (ट्रान्सडर्मल) प्रयोगका लागि प्रयोग हुने सुर्तीजन्य वस्तुमा भने भन्सार घटाएर ८० बाट ४० प्रतिशत कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालको ‘नरसिंहाः अवतार’ ले पहिलो साता कमायो कति ?
-
प्रक्रियामै सामेल नहुने पीडितको चेतावनीबिच कसरी गर्दैछन् सत्य निरुपण र बेपत्ता आयोगले काम ?
-
१४ वर्ष मुनिको विद्यालय खेलकुद जेठ २२ देखि काठमाडौँमा आयोजना गरिने
-
स्थानीय तहका कर्मचारी आन्दोलित : कर्णाली सरकारद्वारा वार्ता समिति गठन
-
म्यानचेस्टर युनाइटेड छाडेर अल–हिलालमा आबद्ध हुँदै ब्रुनो फर्नान्डेज
-
रौतहटको मिठुअवामा खेल मैदान बन्ने