बैतडीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिबार, १७ जेठ २०८२, १७ : ३३
धनगढी । बैतडीमा ट्रकको ठक्करबाट पैदलयात्रा गरिरहेका एक वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुका अनुसार शुक्रबार राति मिनी टाटा ट्रकले सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा ब्याक गर्ने क्रममा स्थानीय सुर्नया गाउँपालिका–५ का ८१ वर्षीय महावीर विष्टलाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बडुले जानकारी दिए।
उनका अनुसार ठक्कर दिने सुपप्र ०१–००१ क १८१३ नम्बरको ट्रक र ट्रक चालक घटना पछि प्रहरीको नियन्त्रणमा छन्।
चालक सुर्नया गाउँपालिका–२, ग्वानी निवासी ३१ वर्षीय मानसिंह विष्ट रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
-
माइतीघरमा छताछुल्ल न्यायका याचना : फरक कथा, एउटै व्यथा
-
नेपाल–डेनमार्क द्विपक्षीय संयन्त्रको तेस्रो बैठक सम्पन्न, सन् २०२७ मा कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठ मनाइने
-
सपना पूरा गर्न उमेर होइन, विश्वास चाहिन्छ। स्पेनलाई रोक्ने ४० वर्षीय ‘नायक’
-
‘फोहर व्यवस्थापनमा समस्या हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण