राज कटुवाललाई भेटेपछि किन रोए युवती ?
काठमाडौँ । फिल्म ‘नरसिंह अवतार’ रिलिज भएपछि यसका नायक राज कटुवालको कामको चर्चा भइरहेको छ । राज कटुवाल फिल्मका लागि देश दौडाहामा समेत पुगेका छन् । करिब आधा दर्जन फिल्म अभिनय गरेका उनी यसलाई आफ्नो डेब्यू फिल्म भन्दै आएका छन् ।
काठमाडौँको एफक्यूब हलमा पुग्दा राजलाई भेटेर युवती फ्यान धरधरी रोए । युवतीहरूले राजको लुक्स, एक्सन र क्लाइमेक्सको दृश्यले छोएको शो समय बताएका थिए ।
फिल्मको क्लाइमेक्स राजले भोगेको पीडा देखेर युवतीहरूको मन छोएको हो । फिल्ममा दुःख पाएका राज आफ्नो अगाडि हलमा पाउँदा उनीहरुले मन सम्हाल्नै नसकेका हुन् ।
यता, धनगढीमा केही दिन अगाडि पुगेका राजलाई दर्शकले जुरुक्कै उचाले शेल्फी र फोटो खिचेका थिए । नेपाली फिल्मका दर्शकहरूबाट पाएको माया र साथले राज उत्साहित छन् । ‘म त निकै नै खुसी छु । दर्शकहरुले यति धेरै प्रेम दिनुहुन्छ जस्तो लागेको नै थिएन’, उनले भने ‘एउटा कलाकारले प्राप्त गर्ने भनेको नै माया हो । यही माया मैले पाएको छु ।’
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजको अलावा राजेश हमाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, नीर शाह, दीपा शाही लगायतका कलाकारको अभिनय छ ।
नेम महर्जन, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, दीपक प्रसाद ढकालले मिलेर फिल्म निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण