स्रोत नखुलेको १२ लाख रुपैयाँसहित पर्साबाट तीनजना पक्राउ
आइतबार, १८ जेठ २०८२, १९ : ३८
वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको परवानीपुरबाट पर्सा प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले चलाएको ‘अप्रेसन’बाट तीनै जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार उक्त रकम हुण्डी कारोबारीको हो ।
सोधपुछ गर्दा आवश्यक कागजात नभेटिएपछि तीनै जनालाई पक्राउ गरेर जिल्ला प्रहरीको हिरासतमा ल्याइएको पर्सा प्रहरीले जनाएको छ ।
को–को हुण्डी कारोबारमा संलग्न छन् भन्नेबारे अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धान सकिएपछि सोमबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण