स्रोत नखुलेको १२ लाख रुपैयाँसहित पर्साबाट तीनजना पक्राउ
आइतबार, १८ जेठ २०८२, १९ : ३८

वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको परवानीपुरबाट पर्सा प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले चलाएको ‘अप्रेसन’बाट तीनै जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार उक्त रकम हुण्डी कारोबारीको हो ।
सोधपुछ गर्दा आवश्यक कागजात नभेटिएपछि तीनै जनालाई पक्राउ गरेर जिल्ला प्रहरीको हिरासतमा ल्याइएको पर्सा प्रहरीले जनाएको छ ।
को–को हुण्डी कारोबारमा संलग्न छन् भन्नेबारे अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धान सकिएपछि सोमबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
-
गणेश रसिकलाई नेता र सङ्गीतकर्मीले दिए अन्तिम अन्तिम श्रद्धाञ्जली
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल
-
पहिलो पटक च्याम्पियन बन्ने धुनमा रहेका बेंगलुरु र पन्जाब आपसमा भिड्दै
-
मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
-
किन बसेन नेकपाको केन्द्रीय समिति बैठक ?