बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

रास्वपाले बोलायो सचिवालय र दलको बैठक

सोमबार, १९ जेठ २०८२, ०९ : १३
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता समेत रहेका नेता मनिष झाका अनुसार सोमबार अपराह्न १ बजे सचिवालय बैठक बस्नेछ भने ३ बजे संसदीय दलको बैठब बस्नेछ ।

दुवै बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामाका साथै पार्टी गतिविधिका बारेमा छलफल गर्ने एजेन्डा तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप