एमाले–कांग्रेसको सत्ता सहकार्यबाट चीन खुसी छ : मन्त्री भण्डारी
सारांश
- चीनले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन र सरकारप्रति खुसी व्यक्त गरेको छ।
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटघाटमा चीनले यस्तो प्रतिक्रिया जनाएको हो।
- भ्रमणमा दुई देशबीचको सम्बन्ध र राजनीतिक स्थायित्वबारे छलफल भएको थियो, जसलाई चीनले सकारात्मक रूपमा लिएको छ।
काठमाडौँ । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन र सोही गठबन्धनका आधारमा बनेको सरकारबाट नेपालमा राजनीतिक स्थायित्व हुने भन्दै छिमेकी मुलुक चीनले खुसी व्यक्त गरेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोलीले १० दिने चीन भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र छलफलका क्रममा चीनले वर्तमान गठबन्धन र सरकारप्रति चीनले खुसी व्यक्त गरेको भण्डारीसँगै चीन भ्रमणबाट फर्केका उद्योग मन्त्री दामोदर भण्डारीले बताएका हुन् । मन्त्री भण्डारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख दलबिचमा भएको सहकार्यप्रति चीनले खुसी व्यक्त गरेको बताए ।
‘चिनियाँ सरकारको तर्फबाट भएको उच्चस्तरको छलफलमा हाम्रा दुई देशबिचको सम्बन्धलाई बलियो बनाउने र अहिले नेपालमा प्रमुख दलबिचमा भएको सहकार्यले राजनीतिक स्थायित्व दिन्छ भन्नेमा चीनले खुसी व्यक्त गरेको छ’, मन्त्री भण्डारीको भनाइ छ ।
उनले पूर्वराष्ट्रपति भण्डारीलाई छिमेकी मुलुक चीनले उच्चस्तरको सम्मान व्यक्त गरेको पनि जनाए । चीनमा भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख (मन्त्रीसरह ओहोदाका) लिउ जियान्चाओलगायतसँग भेटवार्ता गरेकी थिइन् । ती भेटवार्ताका क्रममा दुई पक्षीय हितका पक्षमा कुराकानी भएको थियो ।
‘राजनीतिक स्थायित्वबाट आजका अभिभारा पुरा गर्न सकिन्छ र राजनीतिक सम्बन्धलाई विकसित गर्न सकिन्छ भन्ने बुझाई छ’, भण्डारीले भने, ‘आर्थिक कूटनीति र सांस्कृतिक सम्बन्धलाई विकसित गर्ने हिसाबले यो भ्रमण भएको हो त्यसकारण अलि बढी सम्मान चिनियाँ पक्षले दियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण