मोरङमा २ अर्बको लगानीमा सामुदायिक अस्पताल निर्माण, शनिबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
विराटनगर । मोरङको कटहरी २ हल्दीबारीमा जीवन विकास समाजको २ अर्ब लगानीमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसन निर्माण भएको छ ।
उक्त संस्थाले सोमबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो । आम नागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि २०० बेडको सुविधा सम्पन्न सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनले सेवा प्रवाह सुरु गरेको संस्थाका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए । अस्पतालको जेठ २४ गते (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
बि.सं २०५४ सालमा स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्न वित्तीय पहुँच पुर्याउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनाका लागि निरन्तर सेवा प्रदान गर्दै आइरहेको मण्डलले दाबी गरे ।
जीवन विकास समाजले वि.सं. २०५४ सालमा मोरङको अमाहीबरियातीमा २४ घण्टे क्लिनिक सञ्चालन गरेको थियो । २४ घण्टे क्लिनिकबाट जीवन विकास पब्लिक हेल्थ सेन्टर हुँदै आज अत्याधुनिक सुविधा सम्पन्न अस्पताल सञ्चालनको अवस्थामा आइपुगेको उनले बताए ।
'स्वास्थ्य सेवामा सामाजिक न्याय र सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित २ अर्ब लागतमा जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ । सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने अस्पतालको रूपमा एकै पटक ठुलो लगानीमा २०० बेडसहित सेवा प्रवाह गर्ने जीवन विकास सामुदायिक अस्पताल नेपाल कै पहिलो अस्पताल हो, उनले भने ।
अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सक मार्फत आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपिडी सेवा, नर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनेरल तथा दुरबिनबाट सबै किसिमको अप्रेशन सेवा, बालरोग उपचार सेवा, डाइलासिस, आईसियु, एनआईसियु, सिसियु, एचडिसियु लगायत आधुनिक मेसिनबाट सबै किसिमको ल्याब सेवा, नाक कान घाटीको उपचार सेवा, आँखा जाँचलगायत सबै किसिमको सेवा प्रवाह गरिरहेको उनले बताए ।
'नागरिकलाई सहुलियत दरमा सेवा प्रवाहका लागि विशेषज्ञ चिकित्सकसहित २०० जनशक्ति खटिएका छन् । भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित २० बिघा क्षेत्रफलमा निर्माण भएको यो अस्पतालले आफ्नो सेवालाई थप विस्तार गर्दै लैजानेछ,' उनले भने । मण्डल मोरङ क्षेत्र नम्बर ५ का सङ्घीय सांसद पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण