विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा
मङ्गलबार, २० जेठ २०८२, ११ : २९

समाचार सारांश
- संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक बसेको छ, जसमा गृहमन्त्री रमेश लेखकको राजीनामाबारे छलफल भयो।
- माओवादी संसदीय दलले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने निर्णय गरेको छ।
- विपक्षी दलहरूले गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणमा जोडेर राजीनामा माग गरिरहेका छन्, जसका कारण संसद अवरुद्ध छ।
काठमाडौँ । संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक बसेको छ ।
मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा सुरु बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा लगायत संसदमा साझा धारणा बनाउने विषमा छलफल गर्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
सोमबार बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात
-
कैलाश मानसरोवर दूरदर्शन सुरु
-
युइएफए नेसन्स लिगकाे फाइनलमा पुग्यो पोर्चुगल
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ