राप्रपाको आरोप : हिंसा भड्काउन प्रचण्डले कार्यकर्तालाई उक्साए

काठमाडौँ । वर्तमान व्यवस्था विरोधी दल राप्रपाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको आरोप लगाएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मङ्गलबार धुम्बाराहीस्थित कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमार्फत सो आरोप लगाइएको हो ।
यस्तै माओवादी निकट वाइसीएलले राजावादीको कार्यक्रममा अवरोध गर्न खोजको समेत राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ । स्वर्गीय राजा वीरेन्द्र र दिवङ्गत राजपरिवारको सम्झनामा जेठ १९ गते कमलादी मन्दिरमा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा वाइसीएल कार्यकर्ताले अवरोध गर्न खोजेको भन्दै राप्रपाले घटनाको विरोध गरेको हो। विज्ञप्तिमा भनिएको छ, ’पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साएकोप्रति राप्रपा खेद व्यक्त गर्दछ।’
वाइसीएलले भने यसअघि राजावादीले नै आफूहरूको कार्यक्रम भएको स्थानमा ढुङ्गा हान्दै मुर्दावादको नारा लगाएर जिस्क्याएको प्रतिक्रिया दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्गीय कलाकार गौतमको परिवारलाई ५० हजार सहयोग
-
माधव नेपालसहित यी हुन् अख्तियारले पतञ्जलीमा प्रतिवादी बनाएका ९३ जना (नामसहित)
-
सरोकारवालाहरूको एकै स्वरः पहलगाम घटनालाई नेपालले गम्भीर लिएन
-
७० वर्षसम्म ‘लिभ इन रिलेशनशिप’, ९ दशक उमेर कटेपछि विवाह
-
गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग
-
एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल