विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
स्पेनको सेभिलामा यही जुन ३० देखि आगामी जुलाइ ३ सम्म हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरसले आव्हान गरेको भर्चुअल बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वच्छ प्रणालीगत सुधारका लागि पनि आग्रह गरे ।
विभिन्न राष्ट्र प्रमुख/सरकार प्रमुख सहभागी भर्चुअल बैठकमा प्रधानमन्त्री ओलीले घट्दो विकास सहायता र लगानीका बिच विकासोन्मुख मुलुकले आन्तरिक स्रोतबाट मात्रै धान्न नसक्ने भएको प्रभावकारी विश्व सहकार्यमा प्रधानमन्त्री ओलीले जोड दिए ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथै नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म दीगो विकासका लक्ष्य हासिल गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद र ६७ करोड जरिवाना, सचिव र व्यवस्थापकलाई कति भयो सजाय ?
-
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
-
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
-
प्रतिनिधिसभामा १३ मिनेट ४६ सेकेन्ड रस्साकस्सी
-
रास्वपाले नेता तिम्सिना र मैनालीलाई किन गर्यो कारबाही ?
-
राष्ट्रियसभा बैठकमा बजेटमाथि छलफल