‘मिस एसईई इटहरी’का २६ किशोरीले देखाए प्रतिभा
सारांश
- इटहरीमा मिस एसईईको पाँचौँ संस्करणमा २६ प्रतियोगीले प्रतिभा प्रदर्शन गरे।
- ट्यालेन्ट राउण्डमा गायक, नृत्य र वक्तृत्वकला जस्ता प्रतिभा देखाइयो।
- प्रतियोगिताको फाइनल ३१ गते हुने र यसको निर्देशन सरोज श्रेष्ठले गर्नेछन्।
काठमाडौँ । पाँचौँ संस्करणको ‘मिस एसईई इटहरी’का २६ प्रतियोगीले आ आफ्नो ट्यालेन्ट देखाएका छन् । सुनसरीको इटहरीमा आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले आफूमा रहेको गायक, नृत्य, वक्तित्वकलालगायतको ट्यालेन्ट देखाएका हुन् ।
ओपन स्पेस प्रालिको आयोजना रहेको प्रतियोगिताको ट्यालेन्ट राउन्डको निर्णायकमा आकाश इन्स्टिच्युटका सीइओ गोपाल निरौला, ओपन स्पेस प्रालिका सीइओ सजिना श्रेष्ठ, डान्स कोरियोग्राफर निकिशा कठायत र सामाजिक अभियन्ता नीराजन पाण्डे रहेका थिए ।
प्रतियोगिताको फाइनल यही ३१ गते आयोजना हुने प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितामा सुजना श्रेष्ठ, श्रेयांशी भट्टराई, अमिका घिमिरे, पवित्रा कुँवर, रक्षा मोची, प्रीति थापा, समीक्षा कार्की, पुष्पाञ्जली श्रेष्ठ, अर्पणा राउत, कृतिका सुवेदी, स्नेहा कटवाल, बेदिका भुजेल, रितिका खड्का, रचना मगर, रोस्मी राई, आयुषा बराल, आयुषा राउत, रेश्मा विष्ट, संस्कृति दाहाल, रेनेशा प्रधान, अदिति गुरागाईँ, इप्सिता रेग्मी, युना राई र पेरिशा शंकर शीर्ष उपाधिको लागि भिड्नेछन् । प्रतियोगिताको कोरियोग्राफर शुभेक्षा कार्की रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा संसदीय प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै विकल्प : वामदेव गौतम
-
दुई तिहाइको आडमा सरकारले मनपरी गर्न खोज्यो, खबरदारी आवश्यक छ : युवराज ज्ञवाली
-
खराब मौसमका कारण भारतीय हेलिकप्टर नेपाली आकाशमा छिरेको हो, कुनै गलत मनसाय छैन: परराष्ट्रमन्त्री खनाल
-
नेपालको एलडीसी स्तरोन्नति तीन वर्ष पछाडि धकेल्न सरकारले गर्यो पत्राचार
-
सुस्ता र कालापानी नेपालकै हो : परराष्ट्रमन्त्री
-
मेस्सी, एम्बाप्पे र हालान्डलाई १३ गोलको ऐतिहासिक कीर्तिमान तोड्ने अवसर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण