सर्पले डसेर डिभिजन वन कार्यालयका कर्मचारीको मृत्यु
बिहीबार, २२ जेठ २०८२, १७ : १८
महोत्तरी । सर्पले डसेर डिभिजन वन कार्यालय महोत्तरीका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका नम्बर १० लक्ष्मिनिया (बटौवा) निवासी १७ वर्षीय छोरा रुपेश महतो रहेका छन् ।
डिभिजन वन कार्यालय, लक्ष्मिनियामा करार सेवामा कार्यरत महतोलाई गएराति करिब १ बजे सर्पले पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक डसेको थियो । उनलाई तत्काल बर्दिबास सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पुर्याइएको थियो । तर उपचारका क्रममा आज बिहान ५ः१५ बजे उनको मृत्यु भएको हो ।
मृतक महतो डिभिजन वन कार्यालयअन्तर्गत साझेदार वन उपभोक्ता समूह लक्ष्मिनियामा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
करिब एक वर्षदेखि रुपेश सोही कार्यालयमा भान्सेका रूपमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण