सहकारी सञ्चालकहरूले घरबेटीहरूसँग बहाल सम्झौता गरे/नगरेको तथ्याङ्क राख्न निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिका भित्रका सहकारीको तथ्याङ्क एकीन गर्न महानगरपालिकाका सहकारी विभाग, राजस्व विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिएकी छन् ।
बिहीबार सहकारीहरूको अवस्था, यसका असर र क्षति न्यूनीकरणका प्रयासका विषयको छलफलमा धारणा राख्दै उनले यस्तो निर्देशन दिएकी हुन् । उपप्रमुख डङ्गोलले सहकारीको अवस्थाको स्थलगत अनुगमन गर्न, सञ्चालकहरूले घरबेटीहरूसँग बहाल सम्झौता गरे–नगरेको र नियमित कर तिरे–नतिरेको एकीन तथ्याङ्क राख्न पनि निर्देशन दिएकी छन् ।
उनले समस्या व्यक्ति, परिवार र समाजसँग जोडिएको संवेदनशील विषय भएको भन्दै विगतका समस्या दोहोरिन नदिन ‘निदानात्मक’ र ‘प्रवर्द्धनात्मक’ कार्यक्रम तत्काल थाल्नु पर्नेमा जोड दिइन् ।
अहिलेसम्म देखिएका समस्या आगामी दिनमा व्यहोर्नु नपरोस् भनेर निदानात्मक र प्रवर्द्धनात्मक कार्यक्रम चलाउनु पर्नेमा पनि उनले जोड दिइन् । ‘वित्तीय व्यवस्थापनसँग सम्बन्धित सम्भावित जोखिमलाई पूर्वानुमान गरेर थप बिग्रिन नदिन ‘निदानात्मक’ कार्यक्रम र आम मानिसलाई सहकारीसँग सम्बन्धित वित्तीय आचरणका विषयमा ‘सचेतनात्मक’ कार्यक्रम अहिले नै थालनी गर्नुपर्छ,’ उनले भनाई छ ।
‘हामीले हतारमा खाली गर्दा घरबेटी र सहकारी सञ्चालकलाई मात्रै होइन तेस्रो पक्ष अर्थात हजारौँ बचतकर्ताहरूले जम्मा गरेको रकम, उनीहरूको हक–अधिकार र त्यसको तथ्याङ्कलाई पनि ध्यान दिनुपर्ने हुन्छ,’ डङ्गोलले भनिन्, ‘यी सबै कुराको समाधानका लागि समिति नै बनाएर समाधानको प्रयासमा छौँ । तर, कार्यपालिका बैठक बस्न नसक्दा यसलाई अघि बढाउन सकेका छैनौँ । हामी सकारात्मक पहलको प्रयासमा छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण