शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाऔँ: न्यायाधीश मल्ल

शुक्रबार, २३ जेठ २०८२, १२ : ४५
शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएकी छिन् । 

शुक्रवार काठमाडौँमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औँ वर्ष हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी विद्यालयमा गुणात्मक शिक्षामा लगानी बढाउन आग्रह गरिन् । 

उनले विद्यालय शिक्षाको ज्योति छर्ने थलो मात्रै नभई चेतना जन्माउने र बुद्धिमत्ता सिर्जना गर्ने थलो पनि भएको बताइन् । 

न्यायाधीश मल्लले सबै कुरा पद, ओहोदा र आर्थिक शक्ति मात्रै नभएको उल्लेख गर्दै जिम्मेवारीको अनुभूतिले सफल बन्न मद्दत पुग्ने बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप