सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाऔँ: न्यायाधीश मल्ल
शुक्रबार, २३ जेठ २०८२, १२ : ४५
काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
शुक्रवार काठमाडौँमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औँ वर्ष हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी विद्यालयमा गुणात्मक शिक्षामा लगानी बढाउन आग्रह गरिन् ।
उनले विद्यालय शिक्षाको ज्योति छर्ने थलो मात्रै नभई चेतना जन्माउने र बुद्धिमत्ता सिर्जना गर्ने थलो पनि भएको बताइन् ।
न्यायाधीश मल्लले सबै कुरा पद, ओहोदा र आर्थिक शक्ति मात्रै नभएको उल्लेख गर्दै जिम्मेवारीको अनुभूतिले सफल बन्न मद्दत पुग्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण