नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या
बुटवल । नवलपरासीमा एक युवकले कोदालाे प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन् । जिल्लाको सुनवल नगरपालिका वडा नम्बर २ अवरैयामा २७ वर्षीय हेमराज थारुले बुबा ५० वर्षीय जयराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् ।
शुक्रबार उनले कोदालोले प्रहार गरेर बुबा र छिमेकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तले रातोपाटीलाई जानकारी दिए ।हेमराजले आफ्नै बुबाको कोठाभित्रै कोदालो प्रहार गरेर हत्या गरेका हुन् । उनले लगत्तै छिमेकी धरिकारलाई घर अगाडिको बाटोमै हत्या गरेको प्रहरी जनाएको छ ।
प्रहरी नायव उपरीक्षक पन्तका अनुसार हत्याको कारणबारे अझै खुल्न सकेको छैन । हेमराजलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । हेमराज रुपन्देहीमा मणिग्रामस्थित सुधार गृहमा बसेर केही समय अगाडि मात्रै निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी तीन महिना सुधार गृहमा बसेका थिए । हत्याबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण