क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
सारांश
- लियोनेल मेसीले विश्वकपमा कुल १६ गोल पुऱ्याउँदै जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक विश्वकप गोलको कीर्तिमानको बराबरी गरेका छन्।
- छैटौँ विश्वकप खेलिरहेका मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेर अर्जेन्टिनालाई जित दिलाए।
- मेसी विश्वकपको छैटौँ संस्करणमा सहभागी हुने पहिलो पुरुष खेलाडी बनेका छन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिकसँगै लियोनेल मेसीले अर्को ऐतिहासिक कीर्तिमान पनि बराबरी गरेका छन्।
मेसीले विश्वकपमा कुल १६ गोल पुर्याउँदै जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग बराबरी गरेका हुन्।
छैटौँ विश्वकपमा खेलिरहेका मेसीको ह्याट्रिकले केवल अर्जेन्टिनाको जित मात्र सुनिश्चित गरेन, बरु व्यक्तिगत रूपमा पनि उनलाई फुटबल इतिहासको सबैभन्दा ठूलो उपलब्धिमध्ये एकसँग नजिक पुर्याइदिएको छ ।
अर्जेन्टिनाका लागि २००औँ खेल पूरा गर्नुका साथै लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबल र विश्वकप दुवैमा ऐतिहासिक कीर्तिमानहरू थपेका छन्।
छैटौँ पटक विश्वकपमा सहभागी हुने उनी पहिलो खेलाडी बनेका छन्। यसअघि कुनै पनि पुरुष खेलाडीले विश्वकपमा यति धेरै संस्करणमा सहभागिता जनाएको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण