शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

म राजनीतिमा सक्रिय छु : पूर्व राष्ट्रपति भण्डारी

शुक्रबार, २३ जेठ २०८२, १७ : २५
शुक्रबार, २३ जेठ २०८२

विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा सक्रिय रहेको बताएकी छन् । विराटनगरमा शुक्रबारदेखि सुरु भएको उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनीतिमा आइसकेपछि उनको राजनीतिक भविष्यको बारेमा सोधिएको प्रश्नमा भण्डारीले भनिन्,‘म अहिले पनि सक्रिय राजनीतिमा छु’ । 

एमालेको अध्यक्ष बन्ने विषयमा भने समय आएपछि जवाफ दिने बताइन् । राष्ट्रिय भेलामा बोल्दै भण्डारीले गठबन्धनका नाममा राजनीतिक दलहरूले महिलाहरूको प्रतिनिधित्व घटाएको गुनासो गरिन् । उनले महिलाको प्रतिनिधित्व घट्ने विषयमा दलहरूले गम्भीर ध्यान दिनुपर्ने सुझाव दिइन् ।

पूर्व राष्ट्रपति भण्डारीले राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूको ध्यान सुशासन र विकासतर्फ जानुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप