गैरआवासीय नेपाली नागरिकतामा गृहमन्त्रीको धारणा स्वागतयोग्य : आरके शर्मा

काठमाडौँ । गैरआवासीय नेपाली नागरिकताको विषयमा गृहमन्त्री रमेश लेखकको पछिल्लो अभिव्यक्तिले विश्वभर रहेका नेपाली समुदायमा उत्साह थपिएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अभियन्ता आरके शर्माले बताएका छन् ।
“धेरै अन्योल र प्रतीक्षापछि अन्ततः गृहमन्त्रीज्यूबाट गैरआवासीय नेपाली नागरिकताको हक अधिकारको सम्बन्धमा स्पष्ट अभिव्यक्ति आएको छ,“ शर्माले शुक्रबार रातोपाटीसँग भने, “राजनीतिक अधिकारबाहेकका सबै अधिकारको सुनिश्चितता गर्ने सरकारको प्रतिबद्धताले संसारभर रहेका नेपालीहरूलाई ढुक्क बनाएको छ।“
उनले भने, “यो केवल एक अभिव्यक्तिमा सीमित नहोस्, हामी चाहन्छौँ यसको छिटो कार्यान्वयन होस्।“ गृह मन्त्रालय तथा सरकारलाई धन्यवाद दिँदै विदेशमा रहेका लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनले शुभकामना समेत व्यक्त गरे ।
“अबको यात्रा आशाको हो - तर यदि कार्यान्वयनमा ढिलाइ भयो भने दबाब दिने हाम्रो दायित्व रहनेछ,“ शर्माले बताए ।
गृहमन्त्री लेखकले आजै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक सम्पत्ति अधिकार, आर्थिक कारोबार, निवास अधिकार लगायतका विषयमा समान व्यवहार गरिने उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश : जागिर छोड्ने प्रहरीको संख्या बढ्दो
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘सशस्त्र प्रहरीलाई अर्धसैनिक बलकै रूपमा लैजानुपर्छ’
-
सुशील र अञ्जनाको ‘परिवर्तन’ झापाबाट सुरु
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा