झापा पुगिन् पूर्व राष्ट्रपति भण्डारी
झापा । कोशी प्रदेशमा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार साँझ झापा पुगेकी छन् । शनिबारदेखि सुरु हुने कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्न भण्डारी झापा पुगेकी हुन् ।
नेकपा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको सो प्रदर्शनी देवी मावि बिर्तामोडमा आयोजना गरिने एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं विभागका प्रमुख गणेश पोखरेलले जनकारी दिए ।
विराटनगरमा देशैभरका उपप्रमुखहरूको भेला उद्घाटन गरेर झापा पुगेकी भण्डारीलाई पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राई,एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी,अनेम सङ्घकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले,बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईं,पार्टीका उपाध्यक्ष शिव ढुङ्गेल लगायतले स्वागत गरेका छन् ।
विज्ञान प्रदर्शनीको उद्घाटनपछि भण्डारीले नारी सञ्चार गृहले आयोजना गर्ने एक कार्यक्रममा पनि सहभागिता जनाउने उनको सचिवालयले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण