चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्याइरहेका छन् : मुख्यमन्त्री सिंह
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुस्लिम धर्मावलम्बीको महान् चाड बकर ईद (ईद–उल–अज्हा)को पावन अवसरमा मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।
शनिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले धार्मिक, सांस्कृतिक तथा जातीय विविधताले भरिएको मधेस प्रदेशमा बकर ईदजस्ता पर्वहरूले आपसी समझदारी, सहकार्य र सामाजिक सद्भाव अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।
'धार्मिक र सांस्कृतिक पर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा थप योगदान पुर्याइरहेका छन्,' सन्देशमा उल्लेख छ, 'बकर ईदले हामी सबैमा दया, उदारता र सहअस्तित्वको भावना बलियो बनाओस् भन्ने कामना गर्दछु।'
मुख्यमन्त्री सिंहले बकर ईदले समाजमा भाइचारा, सामाजिक न्याय र समावेशिताको सन्देश फैलाओस् भन्ने आशा व्यक्त गरेका छन्।
अन्त्यमा उनले बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
-
तिलिचो भक्ति यात्रा सम्पन्न
-
हराएका प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण