मधेसी समाजले मनायो कतारमा बकर इद
दोहा । मधेसी एकता समाज कतारले बकर इदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। दोहास्थित गोर्खाली रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा प्रवासमा रहेका नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो थिए । उनले कार्यक्रमको ब्यानर उद्घाटन गरी औपचारिक शुभारम्भ गरेको समाजका संस्थापक अध्यक्ष रवीन्द्र कुमार यादवले बताए ।
समाजका कतार अध्यक्ष अध्यक्ष शिव कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा समाजका वरिष्ठ पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समुदायका विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।
सो कार्यक्रमले प्रवासमा रहेका मधेसी समुदायबिच आपसी सद्भाव, एकता र सहयोगको भावना अझ सुदृढ बनाएको समाजका अध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण