आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

एलिनाले गाइन् मर्मस्पर्शी गीत ‘एउटा नाता टुटेपछि‍‍...’

आइतबार, २५ जेठ २०८२, ०८ : १३
आइतबार, २५ जेठ २०८२

काठमाडौँ । गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘एउटा नाता टुटेपछि’ सार्वजनिक भएको छ । मर्मस्पर्शी शब्दले भरिएको गीतमा रमेशराज भट्टराईको संगीत छ ।

राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको गीतको भिडियोमा पनि गायिका चौहानले नै अभिनय गरेकी छन् । 

चौहानकै जीवनको वास्तविक कथा भनिएको गीतको  भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा  दुर्गा पौडेलको छायाङ्कन, नवीन घर्ती मगरको सम्पादन, छ ।

भिडियो शंकर बिसीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप