घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
आइतबार, २५ जेठ २०८२, १४ : २२
बर्दिया । बर्दियामा घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ । गुलरिया नगरपालिका वडा नम्बर १२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारुको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा फलामको रडलाई सिधा बनाउँदा बिजुलीको तारमा छुन गई करेन्ट लागेर थारु गम्भीर घाइते भएका थिए । उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
यता, बाराको सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा बस्ने ३० वर्षीय सन्जुर मियाको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । विद्युतीय मोटरबाट पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण