सी जिनपिङको उदाहरण दिँदै ओलीले भने– ७० वर्ष उमेरहद फेल खाइसक्यो
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले ७० वर्षे उमेर हद फेल खाएको बताएका छन् । आइतबार काठमाडौँमा अनेरास्ववियुको २४ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले उमेर होइन कार्यक्षमता हेर्नुपर्ने बताएका हुन् । चीनका राष्ट्रपति सी जिनपिङको उदाहरण दिँदै उनले एमालेमा पनि उमेर हद फेल खाएको स्पष्ट पारे ।
‘७० वर्ष उमेर हद फेल खाइसक्यो । म अहिले ७४ मा चल्दैछु । ७० वर्ष उमेर फेल खाएन ? अब ७० मा रिटायर हुन ४ वर्ष उमेर घटाउन भएन । उमेर होइन स्वास्थ्यले साथ दिन्छ कि दिँदैन, कार्यक्षमता हुन्छ हुँदैन । यी कुराहरू मुख्य कुरा हुन्’, उनले भने ।
कार्यक्रममा ओलीले चीनमा दुई पटक मात्रै अध्यक्ष, महासचिव, राष्ट्रपति हुन पाउने व्यवस्था हटाएर सी को निरन्तरता दिएको उदाहरण पेस गरे ।
‘चीनमा दुई पटक मात्रै अध्यक्ष हुन पाइने व्यवस्था थियो । महासचिव दुईपल्ट हुन पाउने, राष्ट्रपति दुईपल्ट हुन पाउने नियम बनाएको थियो । सी जिनपिङको निरन्तरताको आवश्यकता ठानेपछि त्यहाँ ७० वर्ष होइन ६५ वर्ष उमेर हद थियो । अहिले उहाँ ७२ वर्ष पुगिसक्नुभयो’, उनले भने, ‘उहाँले ६५ वर्ष उमेर हद छोड्नुभयो । साइप्रसको कम्युनिस्ट पार्टीले ६५ तोकेको थियो छोड्नुभयो । अन्य विभिन्न पार्टीले उमेर हद तोकेका थिए, छोडे । त्यसकारण उमेरले होइन अन्य थुप्रै फ्याक्टर हुँदारहेछन् । आवश्यकताहरू थुप्रै पर्दा रहेछन् । मै हुन्छु भन्ने छैन । अब जड सुत्रको रुपमा समाउने होइन ।’
समयअनुसार त्यसलाई परिमार्जन गर्दै जानुपर्नेमा उनले जोड दिए । एमालेको नवौँ महाधिवेशनले अध्यक्ष पदका लागि ७० वर्षे उमेर हद लगाएको थियो । ओलीले १० औँ महाधिवेशनपछि विधानमा भएको उमेर हद व्यवस्थालाई निलम्बन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
-
विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
-
सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण