बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

अनुशासनको ताकत

मङ्गलबार, २७ जेठ २०८२, १६ : २७
मङ्गलबार, २७ जेठ २०८२

अनुशासन भनेको मानिसलाई नियम वा व्यवहारको संहिता पालना गर्न तालिम दिने अभ्यास हो, यसबाट अनाज्ञाकारितालाई सच्याउन सकिन्छ । मानव जीवनमा यसको महत्त्व धेरै छ । यसले आत्मनियन्त्रण गर्न र लक्ष्य प्राप्तिका लागि ध्यान केन्द्रित गर्न बल प्रदान गर्छ । अनुशासनले जिम्मेवारीलाई बढावा दिन्छ, समय व्यवस्थापनमा सुधार गर्छ र चुनौतीहरूको सामना गर्न लचिलोपन निर्माण गर्दछ ।

यो व्यक्तिगत विकासका लागि महत्त्वपूर्ण छ, यसले व्यक्तिलाई अवरोधहरू पार गर्न र सकारात्मक बानीहरू विकास गर्न सक्षम पार्दै लैजान्छ । यसबाहेक अनुशासनले व्यवस्था, सम्मान र उत्पादकता प्रवर्द्धन गरेर सम्बन्ध, काम र समाजमा महत्त्वपूर्ण भूमिका खेल्छ । आत्मानुशासन पालना गर्नु भनेको राम्रो बानी निर्माण गर्नु र आवेग नियन्त्रण गर्ने क्षमतालाई बलियो बनाउनु हो । यो आर्थिक तथा सामाजिक जीवनमा धेरै महत्त्वपूर्ण सवाल हो । अनुशासित व्यक्ति, परिवार, समुदाय र राष्ट्रले नै आर्थिक तथा सामाजिक रूपान्तरण गरेर देशको काँचुली फेर्न सक्छ । राजनीतिज्ञ अनुशासित भए मात्र कार्यकर्ता र समुदायमा पनि त्यसको प्रभाव पर्दछ । 

मानव जीवनमा अनुशासनको ठुलो महत्त्व छ । विनाअनुशासन कुनै पनि लक्ष्य पूरा हुन सक्दैन । सफलताका लागि स्पष्ट लक्ष्य तथा उद्देश्य परिभाषित गर्न ज?री छ, तर आलोचनात्मक चेतविनाको अनुशासन अन्धभक्त भई भक्तिमा परिणत भयो भने आलोचनात्मक चेतना अथवा ज्ञानको अवशान हुन्छ । यसले व्यक्ति, समाज र राष्ट्रलाई बोधो बनाउँछ । त्यसैले चेतनशील मानिसले समाजको विकृति र विसंगतिको वि?द्धमा आवाज उठाइरहनुपर्छ । 

हामी साना काम भनेर हेला गर्ने गर्छौं तर स–साना कार्यले जीवनमा ठुलो असर पुर्‍याइरहेको हुन्छ । दैनिक बानीहरू स्थापित गरेर लक्ष्यहरूलाई हासिल गर्न सकिन्छ । किनभने हजारौँ कोषको यात्रा पनि पहिलो पाइलाबाटै सु? हुन्छ । 

आफ्नो समय र परिस्थितिप्रति आफैँले काबुमा राख्ने क्षमताको विकास गर्नुपर्छ । आत्मनियन्त्रण अभ्यास गर्नुपर्छ जसले ढिलाइ, सन्तुष्टि र प्रलोभनको प्रतिरोध गर्न सहयोग पुर्‍याउँछ । मैले यो कार्य गर्दा कस्तो प्रतिफल निस्कन्छ ? यसले मलाई र सिङ्गो समुदायलाई के कस्तो लाभ र हानि पुर्‍याउँछ सो कुराको पनि विश्लेषण गर्न ज?री छ । कुनै पनि कार्य कारण प्रभावको सिद्धान्तमा आधारित हुन्छ । जस्तो कार्य गर्‍यो त्यस्तै फल प्राप्त हुने हो । 

मानव जीवनमा आत्मसम्मान भन्ने कुरा सामाजिक रूपमा सबभन्दा महत्त्वपूर्ण हुन्छ । जो आफ्नो नियममा चल्छ, समाजमा उसको वा उनको सम्मान बढ्छ । स्वनिर्भर, सदाचारी नैतिकता, समाज सेवा, वातावरणमैत्री नीति–नियम, सामाजिक समानता र समन्यायिक वितरण प्रणालीले नेतृत्व कर्तामा आत्मसम्मानको भाव विकास हुन्छ, यो कुरा आर्थिक तथा सामाजिक क्षेत्रको उत्कृष्ट मानवीय विकासको सूचक हो । यस्ता व्यक्ति नै मरिसकेपछि पनि सयौँ वर्षसम्म समाजमा जीवित रहन्छन्, यस्ता आदर्श व्यक्ति हाम्रो समाजमा पनि पाइन्छ । 

साधारण कुरा त सबैले गरेकै हुन्छन् त्यसमा धेरै बुद्धि–विवेक लगाइराख्नु पर्दैन । जीवनमा स–साना कार्य भए पनि नियमित रूपमा जसले गरिरहन्छ, उसले नै ठुलो कुरा हासिल गर्न सक्छ । प्रगतिको निगरानी गर्दै गर्नुपर्छ र आफ्ना प्रयासहरूको प्रवृत्ति पहिचान गर्दै जाने र साना विजयको उपलब्धिबारे पनि खुसी मनाउँदै गर्नुपर्छ । 

आफ्ना जीवनका प्राथमिक कार्य तोक्ने र सोही अनुसार सबैभन्दा महत्त्वपूर्ण र ज?री कुरामा ध्यान केन्द्रित गर्नुपर्छ । सबै काम एकैचोटि कसैले पनि पूरा गर्न सक्दैन । प्राथमिकता अनुसार कार्य गरेमा साधन र स्रोतको अधिकतम प्रयोग गर्न सकिन्छ, परिणामस्वरूप लक्ष्य हासिल गर्न सजिलो हुन्छ । किनभने मानिसका इच्छा तथा आकांक्षा धेरै हुन सक्छन् तर साधन–स्रोत सीमित हुन्छन् । 

अवरोधबाट नि?त्साहित नहुने । हरेक घटनाको विश्लेषण र सुधार गर्दै जाने गर्नाले एक दिन सफलतामा पुग्न  सकिन्छ । वास्तवमा असफलता नै सफलताको जननी हो । गल्ती–कमजोरी भन्ने मानिसकै हुन्छ । गल्ती नगर्ने ईश्वर मात्रै हुन्छ भनिन्छ र यो दुनियाँमा ईश्वर भन्ने वस्तु नै छैन । त्यसैले गल्तीबाट सिक्दै सफलताको सिँढी चढ्नुपर्ने हुन्छ । घरीघरी एउटै गल्ती भने दोहोर्‍याउनु हुँदैन । 

आफ्ना जीवनका प्राथमिक कार्य तोक्ने र सोही अनुसार सबैभन्दा महत्त्वपूर्ण र ज?री कुरामा ध्यान केन्द्रित गर्नुपर्छ । सबै काम एकैचोटि कसैले पनि पूरा गर्न सक्दैन । प्राथमिकता अनुसार कार्य गरेमा साधन र स्रोतको अधिकतम प्रयोग गर्न सकिन्छ, परिणामस्वरूप लक्ष्य हासिल गर्न सजिलो हुन्छ ।

अनुशासन विकास गर्ने आफ्नो क्षमतामा विश्वास गर्दै जानुपर्छ र सधैँ सकारात्मक चिन्तन गर्ने बानीको विकास गर्नुपर्ने हुन्छ । सकारात्मक सोचले नै मानिसलाई सफलता हात पार्न ठुलो सहयोगीको भूमिका खेल्छ । 
अनुशासन र ‘सादा जीवन उच्च विचार’को गहिरो सम्बन्ध छ । विकास हुनमा, उच्च ओहोदाका व्यक्तिमा सादा जीवन उच्च विचार, सदाचार र श्रमको सम्मान गर्ने प्रवृत्ति र व्यवहार भइदिएमा देश र जनताको तरक्की हुन सक्छ । यो कुराको अभाव हाम्रो समाजमा खट्किँदै गएको विषय हो । यो कठिन कार्य पनि हो । राष्ट्रपति वा प्रधानमन्त्री हुनुभन्दा उच्च विचारयुक्त साधारण तथा असल व्यक्ति हुन धेरै गाह्रो छ । 

अनुशासन कायम राख्न धेरै चुनौतीको सामना गर्नुपर्र्छ । यसमा प्रायः ढिलाइलाई कसरी जित्ने भन्ने महत्त्वपूर्ण हुन्छ, जुन प्रेरणाको कमी वा कार्यको कथित कठिनाइबाट उत्पन्न हुन सक्छ । स्थिरता अर्को बाधा हो; छोटो अवधिका लागि अनुशासित हुन सजिलो छ तर समयसँगै टिक्न गाह्रो हुन्छ । सामाजिक सञ्जाल वा अन्य प्रतिबद्धताहरूजस्ता बाह्य विचलनहरूले पनि अनुशासित हुने प्रयासहरूमा चुनौती खडा गर्न सक्छ । भावनात्मक कारकहरू (जस्तै : तनाव वा कम आत्मसम्मान) ले समाधानलाई कमजोर बनाउन सक्छ । अन्त्यमा, अवास्तविक लक्ष्यहरू सेट गर्न वा सहयोगी वातावरण सिर्जना गर्न असफल हुँदा अनुशासन कायम राख्न कठिनाइ पर्छ ।

आत्मानुशासनका चुनौती विभिन्न रूपमा उत्पन्न हुन सक्छन्, जस्तै ः स्वस्थ आहारमा अडिग रहन कठिनाइ, लतलाई जित्न वा प्रभावकारी रूपमा आफ्नो समय व्यवस्थापन गर्न आदि । यी चुनौती निराशाजनक हुन सक्छन्, यसले आत्मानुशासन कायम राख्न अझ गाह्रो बनाउँछ । 

निष्कर्ष 

यसको मूलमा अनुशासनले आत्म नियन्त्रण अभ्यास गर्ने, नियम र नियमहरूको पालना गर्ने र लक्ष्यहरू प्राप्त गर्न केन्द्रित र व्यवस्थित दृष्टिकोण कायम राख्ने क्षमतालाई जनाउँछ । यसले व्यवस्था, उत्पादकता र उत्कृष्टतालाई बढावा दिने बानी, व्यवहार र मनोवृत्ति प्रवर्द्धन गर्न सहयोग गर्छ । दुवै तहमा व्यक्तिगत अनुशासन र सामाजिक संरचना निर्माण गर्न महत्त्वपूर्ण छ । यसले व्यक्तिलाई आफ्नो दिमागलाई समाजका अन्य मानिसलाई सचेत मानसिक स्थिति बनाउन तालिम दिन मद्दत गर्छ । जीवनको शारीरिक र मानसिक दुवै पक्षलाई आकार दिन अनुशासनको महत्त्व छ । संज्ञानात्मक गतिविधिले उनको व्यक्तित्व र धारणालाई चित्रण गर्र्छ । अनुशासन शारीरिक र मानसिक दुवै कुरामा लागु हुन्छ । किनभने यसले उनीहरूलाई उनीहरूको उद्देश्यहरूमा अझ सटीक रूपमा ध्यान केन्द्रित गर्न आधार तयार गर्छ । 

एक व्यक्ति चिन्ता र अवसादका कारण मानसिक र शारीरिक रूपमा बिग्रन सक्छ । अनुशासन र भावनाहरूको नियन्त्रणले त्यस्ता समस्याहरू समाधान गर्न मद्दत गर्न सक्छ । अनुशासनले यस बिन्दुसम्म व्यक्तिगत कठिनाइहरूको सामना गरेको देखिन्छ । आत्मानुशासनका चुनौतीहरू विभिन्न रूपमा हुन सक्छन्, जस्तै ः स्वस्थ आहारमा अडिग रहन कठिनाइ, लतलाई जित्न वा प्रभावकारी रूपमा समय व्यवस्थापन गर्न आदि पर्छन् । वर्तमान परिवेशमा नेपाली समाज अनुशासन विहीन अवस्थामा गुज्री रहेको देखिन्छ । यहाँ विभिन्न रूपमा अनुशासन उल्लंघन भएको पाइन्छ जस्तै आर्थिक अनुशासन, सामाजिक अनुशासन, राजनीतिक अनुशासन, वातावरणीय तथा पर्यावरणीय विनाश आदि । जसको परिणामस्वरूप नेपाली जनताले गरिबी, प्रदुषण, रोजगारीको कमी, परनिर्भर र आत्मसम्मान गुमाएको अवस्था छ । यसले हाम्रो छवि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा गिर्दो छ । देशमा भइरहेको भ्रष्टाचार, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, जथाभावी सामानको मूल्यवृद्धि, विकासको काममा कमसलपना, शिक्षाको गुणस्तारमा क्षयीकरण, स्वस्थ्यमा लापरवाही आदि छन् । हाम्रो देशमा अहिले अनुशासनको खडेरी परेको देखिन्छ । अनुशासनहीन समाजले देशलाई अँध्यारो भड्खालोमा पार्ने खतरा बढ्छ । यहाँ ‘जो अगुवा उही नै भडुवा’ भएको भान परेको कुरामा सन्देह छैन । अनुशासन पनि माथिबाटै थालनी भए मात्रै भुईं तहमा पनि त्यसको प्रभाव पर्ने हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा.नरविक्रम थापा
डा.नरविक्रम थापा
लेखकबाट थप