हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु
बुधबार, २८ जेठ २०८२, १३ : ३०
सारांश
- कचनकवल गाउँपालिका-७ मा हात्तीबाट बाली जोगाउन लगाइएको विद्युतीय तारमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा ५७ वर्षीय किर्खनाथ खनाल रहेका छन्, जो आफ्नो बारीमा तारबार लगाउने व्यक्ति थिए।
- प्रहरीका अनुसार, खनालको घटनास्थलमै मृत्यु भएको हो, जब उनी बिहान बाख्रा चराउन गएका थिए।
झापा । कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो ।
हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गरेका र आज बिहान बाख्रा चराउन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण