अभिनेत्री दीयाले गरिन् ‘माउन्ट एल्ब्रस’को सफल आरोहण
बुधबार, २८ जेठ २०८२, १६ : ३५
काठमाडाैँ । अभिनेत्री दीया पुनले युरोपको अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ आरोहण गरेकी छन् । ५ हजार ६ सय ४२ मिटर उचाइको हिमाल उनले मंगलबार बिहान आरोहण गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
यसअघि सगरमाथा, अफ्रिकाको अग्लो माउन्ट किलिमन्जरो, दक्षिण अमेरिकाको अग्लो अकोनकागा हिमाल आरोहण गरेकी उनले ७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियान लिएकी छन् ।
अबको उनको अभियान उत्तर अमेरिकाको अग्लो अलास्कास्थित डिनाली, अन्टार्कटिकाको अग्लो भिन्सोन मासिफ र इन्डोनेसियास्थित पञ्जय जय रहेको छ । जसको तयारीमा उनी जुटिसकेकी छन् ।
पेसाले नर्स दीयाको पछिल्लो फिल्म ‘एक्लो’ प्रदर्शनको तयारीमा छ । पछिल्लो समय उनी ‘दयारानी’ फिल्ममा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण