अभिनेत्री दीयाले गरिन् ‘माउन्ट एल्ब्रस’को सफल आरोहण
बुधबार, २८ जेठ २०८२, १६ : ३५

काठमाडाैँ । अभिनेत्री दीया पुनले युरोपको अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ आरोहण गरेकी छन् । ५ हजार ६ सय ४२ मिटर उचाइको हिमाल उनले मंगलबार बिहान आरोहण गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
यसअघि सगरमाथा, अफ्रिकाको अग्लो माउन्ट किलिमन्जरो, दक्षिण अमेरिकाको अग्लो अकोनकागा हिमाल आरोहण गरेकी उनले ७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियान लिएकी छन् ।
अबको उनको अभियान उत्तर अमेरिकाको अग्लो अलास्कास्थित डिनाली, अन्टार्कटिकाको अग्लो भिन्सोन मासिफ र इन्डोनेसियास्थित पञ्जय जय रहेको छ । जसको तयारीमा उनी जुटिसकेकी छन् ।
पेसाले नर्स दीयाको पछिल्लो फिल्म ‘एक्लो’ प्रदर्शनको तयारीमा छ । पछिल्लो समय उनी ‘दयारानी’ फिल्ममा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जिल्ला प्रशासन कार्यालयमा बिहान ७ बजेदेखि सेवा सुरु
-
बेलिब्रिज भाँचिदा ६ कामदार घाइते, चारको अवस्था गम्भीर
-
व्यक्तिगत भिडियो सार्वजनिक गर्छु भन्दै पैसा माग्ने दुई जना पक्राउ
-
११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
-
अमेरिका र युके पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी
-
इजरायली आक्रमणपछि अमेरिकासँगको आणविक वार्ता ‘अर्थहीन’ : इरान